रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरको १४ औं वार्षिक उत्सबमा अभिनेत्री करिश्मालाई सम्मान

  • पुस १०, २०७८
  • २६८ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

काठमाडौंः काठमाडौंको काठमाडौं मल, बिजी मल र बुद्ध मलमा रहेको ‘रश्मिलाज फेसियल हाउस एन्ड ब्युटिकेयर’ले विभिन्न कार्यक्रम गर्दै आफ्नो १४ औं वार्षिक उत्सब शनिबार मनाएको छ । अग्रज अभिनेत्री करिश्मा मानन्धरलाई विशेष सम्मान गर्दै सो वार्षिक उत्सब मनाईएको हो । कार्यक्रममा रश्मिलाज फेसियल हाउसमा कार्यरत विभिन्न कर्मचारीहरुलाई पनि सम्मानित तथा पुरस्कृत गरिएको थियो ।
सो समारोहकी प्रमुख अतिथि करिश्मा मानन्धरले कार्यक्रममा बोल्दै पर्दामा देखिरहनु पर्ने भएकाले आफुहरुलाई सुन्दताको महत्व अति हुने गरेको बताईन् । पछिल्लो समय आफु पनि रश्मिलाज फेसियल हाउसमा जोडिएको कारणले पनि आफ्नो सुन्दतामा निखार आएको उनले सो कार्यक्रममा जानकारी गराईन् । अभिनेत्री करिश्माले आफुहरु चलचित्रमा आउँदा त्यतिबेला सुविधा सम्पन्न व्युटीपार्लर र गुणस्तर युक्त कस्मेटिकको निकै अभाव रहेको बताईन् । तर अहिले खुलेका रश्मिलाज फेसियल हाउस जस्ता व्यटीपार्लरले हजारौ ग्रहकलाई सुन्दर बनाएको पनि करिश्माले बताईन् । रश्मिलाज फेसियल हाउसलाई १४ औं वर्षिक उत्सबको कामना गर्दै अभिनेत्री करिश्माले १०० भन्दा बढी कर्मचारलाई रोजगार दिएर रश्मिलाज फेसियल हाउसले एउटा उधोगको रुपमा सेवा गरेको छ भनिन् ।

rasmilaz-1 यस्तै अभिनेता तथा चलचित्र निर्देशक दिनेश डिसीले काठमाडौंमा रहेको ब्युटीपार्लरहरुमा गुणस्तरीय सेवाको हिसाबले रश्मिलाज फेसियल हाउस उत्कृष्ट रहेको बताए । उनले पनि आफु लामो समयदेखि रश्मिलाज फेसियल हाउसमा जोडिएको बताउँदै यस रश्मिलाज फेसियल हाउसलाई अझ धेरै सफलताको कामना दिए ।
रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले नेपालमै केही गरौं भन्ने उदेश्यले १४ वर्ष अघि रश्मिलाज फेसियल हाउस स्थापना गरेको बताईन् । यसबाट सैयौंले रोजगार प्राप्त प्राप्त गर्नुका साथै आफुहरुले मासिक रुपमा हजारौं कस्टमरलाई सौन्दर्य सम्वन्धि पूर्ण सेवा दिन सकेको बताईन्,‘काठमाडौं मलको चौथो तलाबाट हामीले १४ वर्ष अघि सुरु गरेको रश्मिलाज फेसियल हाउसलाई अहिले काठमाडौं मलकै पहिलो तला, बिजी मल र बुद्ध मलमा पनि यसको आउटलेट सञ्चालन गरेर सेवा दिईरहेका छौं ।’
रश्मिलाज फेसियल हाउसका संरक्षक प्रकाश कुमार श्रेष्ठले विशेषतासँगै यसको आगामी योजनाबारे कार्यक्रममा जानकारी गराए ।
१४ औं वार्षिक उत्सब कार्यक्रमका अतिथिहरु ब्रानबोर्ड टाउन केन्टकी अमेरिकाका नगरपालिका सदस्य रामचन्द्र श्रेष्ठ, एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठी, निर्माण व्यबसायी संघ धादिङका अध्यक्ष रमेश कुमार श्रेष्ठले पनि रश्मिलाज फेसियल हाउसलाई शुभकामना यसको विशेषताबारे थगप प्रकाश पारे ।
गायिका मञ्जु पौडेलले सञ्चालन गरेको सो कार्यक्रमको व्यबस्थापन सञ्चारकर्मी सूर्य चन्दले गरेका थिए । १४ औं वर्षको केक काटेर कार्यक्रममा वार्षिक उत्सब मनाईएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

विमानस्थल र उपत्यका ट्राफिक प्रहरी डीआईजीको कमाण्डमा

इटहरीः सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल प्रहरी शिक्षालय भरतपुर र उपत्यका ट्राफ ...

विजय श्रेष्ठ बने सुनसरी उद्योग वाणिज्य संघका नयाँ अध्यक्ष

धरानः उद्योग वाणिज्य संघ सुनसरीको निर्वाचन सम्पन्न भएको छ । धरानमा सम्पन्न निर्वाचनबाट नेपाली कांग्र ...

उपभोक्ता ठगीको आरोपमा नौ ओटा पसलमाथि कारबााही

पर्साः वीरगञ्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बारा कलैयाका विभिन्न नौ पसललाई ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved