इटहरीः झापाको दमक नगरपालिका १ स्थित रतुवा खोलाको बगरबाट गाँजा सहित १ जना पुरुष मानिस पक्राउ परेका छन । पक्राउ पर्नेमा इलाम माङसेवुङ गाउँपालिका ६ का ४६ बर्षिय बिर कुमार राई रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ति टोलीले खोला बगरमा शंकास्पद अवस्थामा हिडिरहेका राईलाई खानतलासी लिंदा निजले पछाडि बोकेको झोला र हातमा झुन्ड्याएको जेव्रा झोलामा ८ किलोग्राम १६० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको हो ।
गाँजा सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय दकमबाट अनुसन्धान भईरहेको र सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।