लेटाङः मोरङको लेटाङ नगरपालिकामा शनिवार आधारभुत अस्पतालको शिलान्यास गरिएको छ । लेटाङ नगरपालिकाद्वारा आयोजित एक कार्यक्रमका बीच मोरङ क्षेत्र नम्बर १ का सांसद् घनश्याम खतिवडाले अस्पतालको शिलान्यास गरेका हुन् ।
धेरै स्थानीय तहमा गत आर्थिक वर्षमा नै अस्पताल निर्माण शुरु भएपनि लेटाङ नगरपालिकामा अस्पतालका लागि आवश्यक जग्गा व्यवस्थापन हुन नसक्दा केही ढिलो हुन पुगको सांसद् खतिवडाले जानकारी दिए । ढिलै भएपनि सबैको प्रयत्नमा अस्पताल निर्माण सुरु भएको भन्दै उनले यसबाट लेटाङ मात्र नभइ सिंगो उत्तरी मोरङका जनता लाभान्वित हुने बताए ।
लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले निकै प्रयासका बाबजुद अस्पताल निर्माण सुरु भएको भन्दै समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे । उनले यसका साथै नगरपालिकाको पहलमा विभिन्न विकास निर्माणका काम अघि बढेको समेत जानकारी दिए । यस्तै उपप्रमुख कृष्णकुमारी निरौलाले लेटाङ नगरमै सुविधा सम्पन्न अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिदिएकोमा तत्कालिन संघीय सरकारलाई धन्यवाद दिंदै समयमै निर्माण सम्पन्न गर्नेतर्फ नगरपालिका लागि पर्ने बताइन् ।

268488083_664197211411309_6459476450106857051_n

९ करोड ९९ लाख ३६ हजारको लागत रहेको अस्पताल आगमी वर्षको फागुन मसान्तसम्म निर्माण सम्पन्न गर्ने सम्झौता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्यूतप्रसाद दाहालले जानकारी दिए । १० शैय्याको अस्पतालमा सुविधा सम्पन्न ल्याव, चमेना गृह तथा पोर्टमार्टमको समेत सुविधा रहने उनले जानकारी दिए ।
लेटाङ नगरपालिका वडा नम्बर ५ मा रहेको एैलानी जग्गामा बन्न लागेको अस्पतालको ठेक्का प्रेररा एच एम कन्ट्रक्सन जेभी ललितपुरले पारेको छ । अघिल्लो सरकारले एकैपटक देशभरका विभिन्न स्थानीय तहमा नगर अस्पताल बनाउने भनि घोषणा गरे बमोजिम लेटाङ नगरपालिकामा पनि नगर अस्पताल निर्माणका लागि शिलान्यास गरिएको हो । त्यसबेला सरकारले अस्पताल निर्माणको घोषणा मात्रै गर्ने तर काम नगर्ने भन्दै आलोचना भएकोमा यतिबेल अधिकांश स्थानीय तहमा अस्पताल निर्माणको काम निकै अघि बढिसकेको छ । लेटाङ नगरपालिकामा भने जग्गा व्यवस्थापनमा ढिलाइ हुँदा एकवर्ष पछि मात्र शिलान्यास भएको हो ।

267146609_292153026197879_700659556337962681_n