नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गयोः मन्त्री यादव

  • पुस १०, २०७८
  • १५५ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको बताएका छन् । उनले नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गएकोमा चित्ता समेत व्यक्त गरे ।
सुनसरीको इनरुवामा शनिवार राधा सुवेदीको मुक्तक ‘युग फेरिन देउ’को विमोचन कार्यक्रमलाई संवोधन गर्दै मन्त्री यादवले विद्यालयमा नैतिक शिक्षा र नागरिकमा साहित्य पठन संस्कृति हराउँदै गएको बताएका हुन् ।

PHOTO 2 (1)

विकास र समृद्धिका लागि साहित्यको विकास पनि आवश्यक रहेकोमा उनले जोड दिए । आधुनिकताका नाममा विद्यार्थीहरुले मौलिक संस्कार विर्सदै गएको मन्त्री यादवको भनाई छ । मन्त्री यादवले सामाजिक सञ्जालका कारण पठन संस्कृति हराउँदै गएको भन्दै उनले सुधार गर्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, भरत गुरागाई, जिवनाथ पोखरेल लगायतले बोलेको मन्त्रीका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

लिम्बुवान नेता वीर नेम्वाङलाई एक लाखको काङ्सोरे पुरस्कार

लन्डनः विगत चार दशकदेखि लिम्बुवान आन्दोलनको मुद्दा उठाउँदै आएका पुराना नेता वीर नेम्वाङलाई लिम्बुवान ...

धरानका मेयर हर्क साम्पाङ्ग झाडु बोकेर भानु चौकमा, खैनी र भोलाका खोल टिप्दै

धरानः धरान उपमहानगरपालिकाका लागि नव निर्वाचित मेयर हर्कराज साम्पाङ्ग राई बिहिबार झाडु बोकर सरसफाईका ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved