इटहरी : शैक्षिक, पेशागत र ट्रेड युनियन अधिकारका लागि हाम्रो अभियान, सुदृढ, सशक्त र वैचारिक प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन हाम्रो अभियान भन्ने नाराका साथ नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादि निकट शिक्षकहरुको संगठन प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन इटहरी उपमहानगर कमिटिको शनिवार घोषणा भएको छ ।

270068271_3145100189146870_8314925485978701619_n
इटहरी नगरभित्रका शिक्षकहरुको सुनसरीको इटहरीमा सम्पन्न भेलाले ३१ जनाको प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन इटहरी नगरकमिटि गठन गरेको हो । नव गठित कमिटिको अध्यक्षमा नन्दिका अधिकारी रेग्मी उपाध्यक्षमा केदार तिम्सिना र महिला उपाध्यक्षमा उमा चौधरी चयन भएका छन् त्यसैगरी सचिवमा राधा नेपाल ढकाल सह सचिवमा शुशीला ओझा चयन भएका छन् । समितिको कोषाध्यक्षमा उषा घिमिरे बञ्जारा सह कोषाध्यक्षमा लिलादेवी भट्टराईँ छन् । नव गठित इटहरी नगर समितिका सदस्यहरुमा नवराज नेपाल, हिरा गुरागाइ शीव कुमारी गिरी, पूर्णिमा राई, रेनुका चौधरी,सदस्य सावित्री चौधरी , जमुना चौधरी छन् । यसैगरी सदस्यमै शुशीला मैनाली, महानन्द निरौला, शान्तिकुमारी चौधरी, तुलसा लुइँटेल,यज्ञकुमारी भट्टराई, उर्मिला अधिकारी चयन भएका छन् यसैगरी विद्यालय कर्मचारी इन्दिरा बिमली ,संस्थागत विद्यालय महेन्द्र राई र संस्थागत विद्यालयका इश्वर सापकोटा समेत चयन भएका छन् ।

269728208_3145100405813515_2405915849869534340_n
प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश कमिटी सह सचिव सुरेशकुमार धमलाले सन्चालन गरेको कार्यक्रमको सभाको अध्यक्षता प्रदेश कमिटिका अध्यक्ष कमलप्रसाद तिम्सिनाले गरेका थिए । शिक्षक नन्दिका अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेकपा एस इटहरी नगर कमिटिका इन्चार्ज केवल फुयाँल, नेकपा एसका प्रदेश कमिति सदस्य रुद्र बस्नेत, दिवाकर रेग्मी, नेकपा एसका सुनसरी जिल्ला अध्यक्ष गोविन्द निरौला, साथै प्रगतिशील शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष हिक्मत बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको थिए ।
नेकपा समाजवादि निकट पेशागत महासंघका केन्द्रिय सदस्य लेखनाथ भट्टराइले इटहरी नगर कमिटिको घोषणा गरेका थिए ।
प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन इटहरी नगरकमिटिलाई निजामति कर्मचारी संगठनका केन्द्रिय सचिव प्रकाश राई र नेकपा समाजवादिका केन्द्रिय सदस्य केशव कुमार विष्टले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
नवगठित शिक्षक संगठनका शिक्षकहरुको भेलाले इटहरी घोषणापत्र समेत जारी गरेको छ ।