इटहरी :सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा कर्पोरेट कार्यालय रहेको सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौ बार्षिक साधारण सभा शनिवार इटहरीमा सम्पन्न गरेको छ ।
इटहरी स्थित बगान फेमिलि रेष्टुरेष्ट एण्ड लाउन्ज बारमा आयोजना गरिएको संस्थाको साधारण सभाले संचालक समितिले पेश गरेको ३० प्रतिशत बोलन सेयर र एक दशमलव ५४ प्रतिशतको नगद लाभाँश दिने प्रस्तावलाई समेत पारित गरेको छ ।
संस्थाले आर्थिक बर्ष २०७७ ७८ तथा सो अघिको संचित मुनाफा बाट चुत्ता पुँजी छ करोड ६० लाखको ३० प्रतिशतले हुन आउने १ करोड ९८ लाख रुपैया बराबरको रकम बोनस सेयर दिने निर्णय पारित गरेको हो । सपोर्टले आफ्ना सेयर धनिलाई बोनस सेयर प्राप्त गर्दा तिर्नुपर्ने कर प्रयोजनका लागि १० लाख ४२ हजार १ सय ५ रुपैया बराबर नगद लाभाँश समेत बाँड्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ ।

269808697_1701091990097234_4348761980186042762_n
बैक तथा वित्तीय संस्थाहरको भिडमा केहि न केहि फरक देखिनका लागि लघुवित्तले अरुले भन्दा फरक तरिकाले आफ्ना काम कारवाहिलाई अघि बढाइरहेको र शेयर धनिको लगानीलाई सुरक्षित बनाउने तर्फ लागि रहेको सपोर्ट लघुवित्तका सन्चालक महेश पोख्रेल बताउँछन् ।
कि त राष्टिय स्तरमा जानुपर्ने कि त प्रदेशमै बस्नुपर्ने बाध्यात्मक परिस्थितीका विच आफुहरुले प्रदेश ३ मा रहेका तीन वटा शाखा कार्यलयहरु बिक्रि गरी प्रदेश स्तरिय लघुवित्तमा कायम भएको र यसै बर्ष ६ वटा नयाँ शाखा कार्यालयको स्थापना गरी कारोबार सुरु गरेको संचालक समितिका अध्यक्ष प्रदिप अधिकारीले बताए ।266457674_444563557176591_8063551443967640229_n
लघुवित्तले आर्थिक बर्ष २०७७ ७८ मा १९ करोड ९९ लाख ९३ हजार ९ सय ७३ रुपैया निक्षेप संकलन गरेको थियो भने अघिल्लो आर्थिक बर्षमा लघुवित्तको निक्षेप १६ करोड ९८ लाख ३२ हजार २८ रुपैयाँ थियो । निक्षेप संकलनमा लघुवित्तले १७ दशमलव ७६ प्रतिशतले बढाएको छ भने कर्जा लगानीमा पनि उल्लेख्य वृद्धि गरेको छ । लघुवित्तले आर्थिक बर्ष २०७७ ७८ मा ३ अर्व ६९ करोड ३४ लाख ४५ हजार ७ सय ९९ रुपैया कर्जा प्रवाह गरेको थियो भने अघिल्लो आर्थिक बर्षमा २ अर्व ५९ करोड ४० हजार २ सय ९९ रुपैया कर्जा प्रवाह भएको थियो । लघुवित्तको कर्जा लगानीमा ४२ दशमलव ६० प्रतिशतले वृद्धि भएको बताइएको छ ।

269993402_597849674630487_1106037521132548106_n

मर्जरमा जानको लागि आफुहरु खुल्ला रहेको बताउँदै सन्चालक समितिको अध्यक्ष प्रदिप अधिकारीले संचालक पुनित कुमार सारडाको संयोजकत्वमा संचालकहरु सुमित अधिकारी र गुरुप्रसाद लामिछाने सम्मिलित समिति गठन भएको र सम्भाव्य मर्जरका प्रस्तावहरु समेत बेला बेलामा आउने गरेको बताए । पूँजी वृदि गर्न केन्द्रिय बैँकले रोकेको अवस्थामा राष्ट्रिय स्तरमा जान नसकेको बताउँदै अधिकारीले तलरताको समस्या केहि हदसम्म कम भए यसै आर्थिक बर्षमा ४ वटा नयाँ शाखा कार्यलयको स्थापना गरी कारोबार गर्ने लक्ष्य समेत लघुवित्तले लिएको बताएका छन् । 
संस्थाका प्रमुख कार्यकारी अधिकृत एंव कम्पनी सचिव कुलमणि तिम्सीनाले संचालन गरेको कार्यक्रमलाई संचालक महेश पोखरेलले स्वागत गरेका थिए । सभामा संचालकहरु पुनित कुमार सारडा,सुमित अधिकारी, गुरुप्रसाद लामिछाने,तारादेवि भटराई, भुपाल मिश्रका साथै संस्थापक , सेयरधनि र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।