धरानः धरान प्रज्ञा प्रतिष्ठानले सुक्रबार धरानका वरिष्ठ अग्रज साहित्यकार सरणकुमार राईलाई अभिनन्दन गरेको छ । अन्य पाँच जनालाई सम्मान गरेको छ ।
धरान सभागृहमा सम्पन्न अग्रज स्रष्टा अभिनन्दन तथा कार्यक्रम–२०७८ सम्मानित हुनेहरुमा धरान अग्रज साहित्यकार गिरिराज आचार्य, अग्रज चित्रकार गोपाल शाक्य, अग्रज गायक गंगा बरदान, अग्रज रङ्गकर्मी प्रेम सुब्बा र नृत्यकार नगेन्द्र राई रहेका छन् ।
सम्मानित अग्रज व्यक्तित्वहरुलाई जनही २० हजार प्रदान गरिएको थियो भने वरिष्ठ साहित्यकार सरणकुमार राईलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित स्थानीय युवाकवि धनचन्द्र राईको कविता सङ्ग्रह कचहरीको विमोचन पनि गरिएको थियो ।
कचहरीको विमोचन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राई, विशेष अतिथि उपमेयर मञ्जु भण्डारी, प्रतिष्ठान संयोजक अम्बिकाकमुार सम्बाहाम्फे, वरिष्ठ साहित्यकार बम देवान र प्राज्ञ प्राडा गोपाल भण्डारीले संयुक्त रुपमा गरेका थिए ।
विमोचित कृतिका स्रष्टा युवाकवि राई सङ्ग्रहमा भएको आफ्नो कविता कचहरीको पाठ गरे भने सङ्ग्रहबारे अग्रज साहित्यकार देवानले सटिक समीक्षा गरे ।

269863795_5079956285348796_3207146037542265842_n 269864621_5079956262015465_2461230566464111580_n 269876279_5079956422015449_1324331522856791386_n