इटहरी :कोभ्याक्स सुविधा अन्तर्गत नेपालले थप ६ लाख ६४ हजार ५ सय ६० खोप प्राप्त गरेको छ । कोभ्याक्स सुविधा अनुसार आएको सो खोप शुक्रवार बिहान काठमाण्डौ आइपुगेको छ ।

खोप कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट प्राप्त भएको हो । हाल प्राप्त भएको खोप सरकारले आउँदो १३ गतेदेखि काठमाण्डौ उपत्यकाका तीनसहित आठ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ ।

269845110_289001699923780_8626626452580621478_n नेपालले कोभ्याक्स सुविधामार्फत फाइजर खोपको एक लाख ६ सय २० डोज गएको कात्तिक महिनाको दोस्रो हप्ता प्राप्त गरेको थियो । सरकारले प्रदेश नम्बर १ को झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, र पर्सा, वाग्मती प्रदेशको काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुलीमा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने जनाएको छ । यस्तै गण्डकी प्रदेशको कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्षका किशोरकिशोरीलाई खोप दिने जनाएको छ ।