इटहरी :नेपाल राष्ट्र बैंकले आज पुस ९ गतेदेखि ५०० रुपैयाँको नयाँ नोट चलनचल्तीको लागि बजारमा पठाएको छ ।
केन्द्रिय बैँले पहिलाकै आकार तथा रङ्गमा, सङ्केत नं. छ/६८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म, “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइने छ।” भन्ने बाक्याँश लेखेका नोटहरु बजारमा चलनचल्तिका लागि पठाएको हो ।
नयाँ नोटमा ११ वटा विशेषताहरु रहेको बैँकले जनाएको छ । . नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको । नोटमा गभर्नरको दस्तखत रहने स्थानमा गभर्नर महा प्रसाद अधिकारीको दस्तखत रहेको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको नेपालीमा “वि.सं. २०७७“ लेखिएको । ५. ३.५ मि.मी. चौडा भएको रङ्ग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रङ्ग र ढल्काएर हेर्दा हरियो रङ्ग देखिने) सुरक्षण धागो रहेको । .
सगरमाथा हिमालको दायाँतर्फ अण्डाकारभित्र रङ्ग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा सुनौलो रङ्ग र ढल्काएर हेर्दा हरियो रङ्ग देखिने) कुबेरको चित्र रहेको राष्ट्र बैँकले बताएको छ । लालीगुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरू रहेका छन् ।
नोटको पछाडी भागमा नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैँक लेखिएको छ भने नोटको मध्य भागमा पाटेबाघको चित्र रहेको त्यसैगरी नोटको तल्लो भागमा अंग्रेजीमा रुपिज फाइभ हन्ड्रेड लेखिएको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको क्भचष्भक ल्गmदभच अंग्रेजीमा सिरियल नम्बर २०२० एडि लेखिएको छ ।
नोट राष्ट्रको सम्पति भएकोले यसको जतन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।