इटहरी :लामो समय साधारण सेयर निस्कासनबाट टाढा रहेको बजारमा श्रृजनशील लघुवित्तले खुसिको खबर सार्वजनिक गरेको छ ।
नेपाल राष्ट बैँकबाट घ बर्गको इजाजत पाएको लघुवित्त वित्तीय संस्था श्रृजनशिलले निकट भविश्यमै साधारण सेयर निस्कासन गर्ने भएको छ ।
३ लाख ३७ हजार २५ कित्ता अर्थात ३ तीन करोड सैतिस लाख २ हजार ५ सय कित्ता सेयर निस्कासनको लागि श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सनराइज क्यापिटल लिमिटेडलाई विक्रि प्रबन्धकको जिम्मेवारी दिएको छ ।

269849810_1070995533444358_8207640221891093280_n
बिहिबार मात्रै कमलपोखरी काठमाण्डौमा मुख्य कार्यालय रहेको सन्राइज क्यापिटल लिमिटेडसँग लघुवित्तले द्धिपक्षिय सम्झौता गरेको छ । सम्झौता पत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ र सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।