इटहरीः झापाको कमल गाउँपालिका ५ स्थित पुर्व पश्चिम राजमार्गमा बस र मोटरसाईकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको र पछाडि सवार घाईते भएका छन । मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका १० का २२ वर्षीय अभिषेक यादव रहेका छन ।
बुधबार बेलुकी पौने पाँच बजे पुर्वतर्फ जाँदै गरेको को १ क नम्वरको बसले बिपरित दिशाबाट आउदै गरको प्र १-०२-०४८ प ३०८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्कर लागि घाईते भएका यादव र सोही स्थानका २५ बर्षिय राम कुमार खड्काको लाइफ लाइन अस्पताल दमकमा उपचार भईरहेकोमा यादवको उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका(२ का सोम बहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई अनुसन्धन भईरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।