इटहरीः नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ को गए राती सम्पन्न निर्वाचनमा हर्क बहादुर नेम्वाङ( मिक्सो) विजयी भएका छन् । उनले १६९ मत प्राप्त गरि विजय हासिल गरेका हुन् । उनका निकटतम् प्रतिद्धन्दी मुक्साहाङ्ग सुब्बा लिम्बू(मुकेस)ले ६४ मत मात्र प्राप्त गरेका छन् ।
उपाध्यक्षमा देवन चाम्लिङ(पृथ्वी) १२०, शिबकुमार डाँगी ११३ मत र मणिकुमार साम्पाङ १११ मत ल्याई विजयी भएका छन् । ३ उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेद्वारी दर्ता भएको थियो । सोही पदका लागि उम्मेद्वारी दर्ता गराएका भोगेन्द्र यादवले ९७, मोहनबहादुर खत्रीले ८६, उर्मिला तामांङले ८०, इन्दिरा मिश्रले ५१ पुरुषोतम चुँडालले ३६ मत प्राप्त गरेका छन् ।
त्यसैगरि सचिव पदमा गणेश उप्रेती(शुसिल) विजयी भएका छन् । उनले १४८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी सिपी कडरियाले ८३ मत मात्र प्राप्त गरेका छन् ।
सह सचिवमा कुमारी राई (रचना)ले ११४, ऋषीराम ढुंगाना (कुसुम)ले ९५ र सागर किरातीले ७३ मत प्राप्त गरि विजय हासिल गरेका छन् । सह सचिव पदका लागि सबै भन्दा धेरै १३ जानले उम्मेद्वारी दर्ता गराएका थिए ।
कोषाध्यक्षमा रेवतराज पुरी(गगन)ले ९३ मत प्राप्त गरि विजय हासिल गरेका छन् । सोही पदमा उम्मेद्वारी दिने बन्दना झाँगड (अनिसा)ले ५७, मदनकुमार चुडालले ५५ र रामकुमार कार्कीले २३ मत मात्र प्राप्त गरेको सो पार्टीको निर्वाचन आयोगले जनाएको छ । कुल मतदाताको ९२.२ प्रतिशत मत खसेको आयोगको भनाई छ । गए राती नै विराटनगरमा मतदान भई राती नै मतगणना सम्पन्न गरि आयोगले निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो ।