इटहरीः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ अध्यक्षको लागि तीन जनाको उम्मेद्बारी पनि कुबेर श्रेष्ठ व्याक भएका छन् । प्रारम्भिक नामावली सार्वजनिक गर्दा अध्यक्षको प्रतिस्पर्धामा रहेका श्रेष्ठ व्याक भएसंगै २ जनाको अध्यक्ष पदमा प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन समितीले प्रकाशित गरेको उमेदवारको अन्तिम नामावली प्रकाशन अनुसार अध्यक्षमा दुइ जना र तीन उपाध्यक्षको लागि ८ जनाको उम्मेदवारी परेको हो । उपाध्यक्षमा यसअघि १२ जनाको उमेदवारी परेकोमा ४ जनाले फिर्ता लिएका हुन् ।

264776141_318308796816536_2573527998124749136_n

अध्यक्षमा मुकसाहाङ मेन्याङ्बो र हर्कबहादुर नेम्वाङको प्रतिस्पर्धा हुने छ । मेन्याङ्बो वर्षमान पुन नजिकका हुन भने नेम्वाङ जनार्दन शर्माको टिमका हुन् । त्यसैगरि, एक सचिवमा तीन जनाले उम्मेदवारी दर्ता गराएका थिए । अन्तिममा भने एक जनाले फिर्ता लिए २ जना बीच प्रतिस्पर्धा हुने छ ।

तीन सहसचिवमा १३ जना र एक कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।नौ जना पदाधिकारीका लागि हुने निर्वाचनमा दुई सय ५९ जना प्रदेश सदस्यले मतदान गर्नेछन् । निर्वाचन समितिले आजै मतदान र आजै मतगणना गर्ने कार्यसूची सार्वजनिक गरिसकेको छ ।

263811091_615927359855560_8221258695263597022_n 266280283_1025642641318616_1194834844396946551_n 264776141_318308796816536_2573527998124749136_n