बराहक्षेत्रः बराहक्षेत्र नगरपालिकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पत्रचारमा गत मंसिर १२ गते कर्मचारीको आह्वानको बिज्ञापन जारी गर्यो । नगरपालिकाभित्र गरिब परिवार पहिचान तथा परिचय तथा वितरण कार्यक्रमका लागि २ जना सुपरिवेक्षक र १४ जना गणक पदका कर्मचारी आह्वान गरेको थियो ।
जारी मितिले १५ दिनभित्र ९५ ले दरखास्त पेश गरेको नगरपालिका कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार आवेदन परेका ९५ मध्ये ७ जनाको आवश्यक कागजात नपुगेर दर्खास्त फाराम अस्वीकृत गरिएको थियो ।
यद्यपि दुई जनाको पुनः दरखास्तवीकृत गरेपछी दोस्रो चरणमा उनीहरूको अन्तरवार्ता तथा प्रयोगात्मक परीक्षा लिइएको नगरपालिका स्रोतको भनाइ छ । आवेदकबाट छनौट गरिने सो अन्तिम चरणअन्तर्गत कम्प्युटरसम्बन्धि प्रयोगात्मक परीक्षाबाट २ सुपरिवेक्षक र १४ गणक छनौट भएको नामावली प्रकाशन भयो ।
नगरपालिकाले जारी गरेको सो नामावलीपछी नगरपालिकाले मनपरि कर्मचारी छनौट गरेको आरोप सुरु भइहाल्यो । आफूहरुको क्षमता हुँदाहुँदै पनि नगरपालिकाले आफ्ना आसेपासेलाई मात्र छनौट गरेको केही आवेदकहरुले आरोप लगाएका हुन् । सामाजिक संजालमार्फत निबेदकहरुले नगरपालिकामा नादाबाद र कृपाबाद हावी भयो, कम्प्युटर चलाउन नजानेकाहरु कसरी छनौट भए ?, परीक्षा पुनः गर्नुपछ , लगायतका आरोपहरु लगाएका हुन् ।
छनौटमा नपरेकी एक आवेदकले सामाजिक संजालमार्फत बराहक्षेत्रका मेयर, प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षहरुलाई आफन्त भर्ना गर्नको निम्ति बिज्ञापन नखुलाउन आग्रह गरेकी छन् । उनले लेखेकी छन्, आदरणीय मेयर श्री निलम खनाल ज्यू, प्रशासकीय अधिकृत श्री देवेन्द्र ज्यू तथा सबै वडा अध्यक्ष ज्यू अब आउने सम्पुर्ण भ्याकेन्सीमा आवश्यक कर्मचारी आफ्ना आफन्त नै राख्नु होला । यसरी खुल्ला रूपमा फारम भर्नको लागि सम्पुर्णलाई आह्वान नगर्नु हुन सुझाव छ । यसैबीच अर्का शेखर श्रेष्ठले भने आफू अन्य आवेदकभन्दा अब्बल रहेकोले आफूमाथि परेको मार्काउपर छानबिन गर्न नगरपालिका कार्यालयमा निवेदन समेत दिएका छन् ।
आवेदकहरुले नगरपालिकाद्वारा सिधासाधा मान्छेको फर्म शुल्क मात्र पचाएको र नगरपालिकासँग सम्बन्धित व्यक्तिहरुको भतिज, भतिजिनी र आफन्तलाई छनौट गरेको दाबी गरेका छन् ।
यसैबीच अर्का एक आवेदकले भने आफू अन्य आवेदकभन्दा अब्बल रहेकोले आफूमाथि परेको मार्काउपर छानबिन गर्न नगरपालिका कार्यालयमा निवेदन समेत दिएका छन् ।
यता सम्बन्धित शाखाका अधिकृत राजकुमार गौतमले भने छानबिन समिती गठन गरिने बताएका छन् । उनले भनेका छन्, यसबारे छानबिन गर्न भोलि एक समिती गठन हुनेवाला छ, त्यसपछि समितिले जे गर्छ ।