विराटनगरः नेपालका स्थापित उद्योगपति विराटनगर निवासी नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश उपाध्यक्ष राजेन्द्र राउत प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक सल्लाहकार बुधबार नियुक्त भएका छन ।
भोजपुर पोखरे स्थायी घर भएर लामो समयदेखी विराटनगरमा बसोबास गरि मुलुकभरिनै उद्योग र व्यापारलाई बढावा दिएकास्वतन्त्र बस्न रुचाउने राउत कुनै दलसंग आवद्ध छैनन । उनी सबैदलसंग उत्तिकै सहकार्य गरेर अघि बढीरहेका छन । बुधबार मुख्यमन्त्री राईले उपाध्यक्ष राउतलाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन ।
प्रदेश १ को आर्थिक समृद्धिको जग उद्योग र पर्यटन क्षेत्रमा रहेको बताउने राउतले आफु आर्थिक सल्लाहाकार नियुक्त भएपछि प्रदेशलाई समृद्ध बनाउने बिषयमा मुख्यमन्त्रीलाई सहि सल्लाहा दिने बताए । उनले प्रदेशको विकासका लागि औद्योगिकिकरण र पर्यटन क्षेत्रको विकास र कृषिलाई उद्योगसंग जोड्ेनु पर्ने बताए ।