इनरुवाः नेकपा एकिकृत समाजवादी सुनसरीले नेपाल भारत सिमाक्षेत्र नजिक रहेका टोल वस्तीमा पार्टीको संगठन निमार्ण अभियान संचालन गरेको छ ।

नेकपा एसका सुनसरी उपाध्यक्ष रामचन्द्र मटियैतका अनुसार सिमाक्षेत्रका स्थानियहरु विभिन्न राजनितिक दलका नेताबाट वर्षौदेखि झुठा आश्वासन पाउदै ठगिदै आएकाले नेकपा एसमा आवद्ध हुने लहर चलेपछि अभियान चलाएको हो ।

268357647_219006260393468_7626081423895356791_n

उपाध्यक्ष मटियैतका अनुसार सुनसरीको हरिपुर, श्रीपुरजब्दी, लौकही, पश्चिम कुशाहा लगायतका सिमाक्षेत्रका टोल वस्तीका वडाहरुमा बसोबास गर्ने स्थानियहरु सयौको सख्याँमा भेलामा सहभागी भई कमिटीमा संगठित हुने गरेका छन ।

यसैक्रममा सुनसरीको कोशी गाउँपालिका –५ श्रीपुरजब्दीमा दिलिप यादवको अध्यक्षतामा ४३ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा मन्जुर आलम,र दिलिप कुमार परसैला सचिवमा श्याम रैहता , उपसचीवमा रिजवाना खातुन चयन भएकी छिन् ।

नव गठित पदाधिकारी तथा सदस्यहरुलाइ पार्टीको निति, बिधान अनुसार सपथ खुवाएको थियो । कार्यक्रममा कोशी गाउँपालिका नेकपा एसका उपाध्यक्ष वासिक आलिले कार्यक्रममा स्वागत मन्तव्य राख्दै नव गठित पदाधिकारीहरुलाइ पार्टीको संगठन बिस्तार गर्न सुझाव दिएसगैं आगामी स्थानीय निर्वाचनको तयारीमा जुटन् र नेकपा एसको कमिटी निर्माणमा गति बढाउन सबैलाई आग्रह गरेका छन् ।

267124696_424554615795971_7740952876593890261_n