इटहरी  :झापा जिल्लाका नेकपा (एकीकृत समाजवादी) निकट निजामती कर्मचारीहरुको भेलाले निरोज कट्टेलको अध्यक्षतामा नेपाल निजामती कर्मचारी संगठनको झापा जिल्ला कमिटी गठन गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) झापाका अध्यक्ष बेदराज रेग्मीको प्रमुख आतिथ्यमा झापा जिल्लाको कन्काई स्थित धनुषकोटिधाममा हालै आयोजना भएको एक कर्मचारीहरुको भेलाले कट्टेललाई अध्यक्षमा चयन गरेको हो ।


भेलाले गठन गरेको नेपाल निजामती कर्मचारी संगठनको झापा जिल्ला कमिटीको उपाध्यक्षमा प्रतीक्षा साह, इन्दु खबास, सचिवमा पोषराज पोखरेल, सह सचिवमा यादब पोखरेल र सदस्यहरुमा रोहित महत, कबिराज गिरी, शर्मिला सेढाई, रामनारायण शर्मा, जयप्रसाद यादब, विकास ढकाल र मुकुन्द शिवाकोटी रहेका छन् ।
यसैगरी, भेलाले पेशागत महासङ्घको जिल्ला अध्यक्षमा तुलसी निरौलालाई चयन गरेको छ बताइएको छ ।
पेशागत महासङ्घको उपाध्यक्षमा पुण्य अर्याल, सचिवमा मोहन ढकाल, सह सचिवमा खेमनाथ गुरागाई र सदस्यहरुमा वविता भट्टराई, सुवर्ण भट्टराई, ज्ञानबहादुर कार्की, किशोर सङ्ग्रौला, टिकाराम उप्रेती, किशोर उपरकोटी र उमेश भारती छन् ।