इटहरी :सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमले काठमाडौंबाट कतार, दुबई र मलेसियामा श्रम भिसामा रोजगारीका लागि जाने नेपालीलाई प्रत्येक उडानमा ४० वटा सस्तोदरको टिकट दिने भएको छ ।
पर्यटन मन्त्री प्रेम बहादुर आलेले मंगलबार वायुसेवा निगम पुगेर रोजगारीका लागि खाडि मुलुक र मलेसिया जाने नेपालीलाई सस्तो दरको टिकट उपलव्ध गराउन निर्देशन दिएका छन् ।

tourism-minister-ale
मन्त्री आलेले श्रम गन्तव्यमा जाने श्रमिकलाई प्रत्येक उडानमा ४० वटा सस्तो टिकट दिन निर्देशन दिएका थिए ।
मन्त्रीको निर्देशन कार्यान्वयन हुने हो भने खाडि मुलुक र मलेसियामा जाने नेपालीले सबैभन्दा सस्तो टिकट श्रमिकले ३२ हजार रुपैयाँमा पाउने छन् ।
महँगोमा ऋण लिई वैदेशिक यात्रामा जाने नेपालीलाई म्यानपावर कम्पनी, एजेन्ट, ट्राभल आदीबाट ठँगिदै एयरपोर्टमा पुगेर पनि ठगिने क्रमलाई रोक्ने मन्त्री आलेले खाडी जाने श्रमिकलाई सम्मानजनक व्यावहार गर्न मातहतका कर्मचारीलाई निर्देशन दिइरहेका छन् । केहि समय अघिमात्रै मन्त्रालयलले आफ्नो मातहतको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रमिकका लागि रातो कार्पेटसहितको छुट्टै विश्राम कक्ष स्थापना गरिसकेको छ ।

1452511444_rojgar_nCC9NLg7G9.

  जहाजमा उड्नुअघि विमानस्थल बाहिर घामपानीमा उभिनुपर्ने बाध्यता अन्त्य गर्दैे विश्राम कक्षमा वाईफाई, टेलिफोन, तातोचिसो पानी, कल सेन्टर थालनी गराइसकेका छन् ।
आले मन्त्री भएर आएपछि नै २ हजार रुपैयाँ पर्ने आरटी–पीसीआरको २ हजार रुपैयाँलाई घटाएर १२ सय रुपैयाँ कायम गराएका थिए ।

नेकपा एकिकृत समाजवादिबाट पर्यटन मन्त्रीको जिम्मेवारी पाएका मन्त्री आलेले एयरपोर्ट सुधारदेखि लिएर श्रम गन्तव्यमा रोजगारीमा जाने नेपालीको लागि समेत हितका का मगर्दै आइरहेका छन् ।
मन्त्री आलेले केहि समय अघिमात्रै विदेशबाट आउने नेपालीहरु ट्याक्सिबाट ठगिने गरेको भन्दै एयरपोर्ट भित्र सेटल बसको व्यावस्था गरेको थिए ।