इटहरी :इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी निरीक्षक राजाराम खड्का र प्रहरी चौकी कप्तानगञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान राजेश कुमार शाह मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
प्रेदश प्रहरी कार्यलय विराटनगर एक नम्बर प्रदेश विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने खड्का र शाहलाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
विभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यावसायीक, लगनसिल र कतव्यनिष्ट तवरले कर्तव्यपथमा तल्लीन रहि उच्च मनोवल र साहसका साथ आफ्नो काम गर्ने र अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउने दुवै प्रहरी अधिकृत र प्रहरी जवानलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यलय विराटनगरले बताएको छ ।
उत्कृष्ट ठहरिएका प्रहरीहरुले जवरजस्ती करणी, चोरी पैठारी लगायत विभिन्न अपराधिक घटना र अवैध लागुऔषध कारोबारमा संलग्न व्यत्तिहरुलाई पक्राउन गरी कानुनी कारवाहिको दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरेको पनि प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।