इटहरी :राजनितिक पार्टिहरुका भातृ संगठनहरुले विद्यालयमा पढ्ने उमेरका बालबालिकालाई राजनिति गर्न सिकाएको भन्दै रामधुनी नगरपालिका स्थित नगरबाल सन्जालले त्यसको विरोध गरेको छ ।
बालमैत्री नगर घोषणा भइसकेको रामधुनी नगरपालिका भित्रका सरकारी विद्यालयहरुमा छिरेर एमाले समर्थित अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले समिति बनाएको समाचार बाहिर आएपछि नगर बालसन्जालको त्यस्तो अभिव्यक्ति आएको हो ।
बालमैत्री नगर रामधुनिका सम्पर्क व्यक्ति अमन ढुँगेलले कक्षा १२ सम्मको माध्यामिक तह भएकाले विद्यालयमा छिरेर पढ्ने उमेरका बालबालिकालाई उनिहरुको अधिकार विपरित राजनितिक दलसँग सम्बन्धित भातृ संगठनले संगठनको विस्तार भन्दै समिति गठन गर्नु उनिहरुको पढ्ने अधिकारको विरुद्धमा रहेको बताएका छन् ।
विद्यालय र विद्याथीएलार्य राजनीतिक गतिविधिबाट टाढा राख्नुपर्छ भन्दै ढुगेलले १८ बष्र्ष मुनिका बालबालिकालाई कुनै पनि राजनीतिक दलको भातृ संगठन र राजनीतिक दलको सदस्याताबो वितरण गगर्न सम्वद्ध सबै पक्षलराई आग्रह गरेका छन् ।
यस्ता क्रियाकलापले विद्यालयमा पढाई नभई राजनीतिक गतिविधि हुने भएकाले शान्तिक्षेत्रमा यस्तो काम गगर्न ढुगेलले अनुरोध गरेका छन् ।
नेकपा एमाले समर्थित अनेरास्ववियुले सोमबारमात्रै रामधुनी नगरपालिकाको लालपुरको एक माध्यमिक विद्यालयमा संगठन विस्तार गरेको भन्दै सामाजिक संजालमा प्रचार गरेको थियो भने ।
नागरिकको भोट हाल्न पाउने अधिकार १८ बर्ष पुगेपछि मात्र हुने भएकाले १८ बर्ष भन्दा कम उमेरका बालबालिकालाई राजनितिबाट टाढा राख्नुपर्ने
बालसन्जालको नगरपालिकाका सम्पर्क व्यक्ति अमन ढुगेलको बुझाई रहेको छ । ढुगेलका अनुसार रामधुनि नगरपालिका भित्रका धेरै जसो विद्यालयमा एमाले समर्थित अनेरास्ववियुले संगठन विस्तार गरेको छ । जुन सुकै पार्टिले गरे पनि विद्यालयमा संगठन विस्तार गर्नु बालअधिकारको हनन र बालमैत्री नगरघोषणा गरेको नगरपालिकाको नीति विपरित भएको ढुँगेलले बताएका छन् ।