संखुवासभाः संखुवासभाको मकालु गाउँपालिका ३ स्थितबाट अवैध जडीबुटी जन्य वनस्पति बोकेको ट्रयाक्टर सहित प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो सवा बाह्र बजे मकालु ३ स्थित कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय हेदङनाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा च्यामताङबाट ना ७ त ५६२१ नम्वरको ट्रयाक्टरको डालामा त्रिपालले छोपी सदरमुकाम तर्फ लादै गरेको अवस्थामा धुपी १४८।८३८ किलोग्राम, पाखनवेद ७१ किलोग्राम सहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको अवैध वनस्पति, ट्रयाक्टर र चालक संखुवासभा खाँदवारी नगरपालिका ३ का २३ वर्षीय अनिल दर्जी समेतलाई थप अनुसन्धान प्रक्रियाको लागि मकालु बरुण राष्ट्रिय निकुञ्जमा बुझाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

269807636_278202301006942_2250918426085811091_n