इटहरीः मोरङको रंगेली नगरपालिका २ का चन्द्र उराँवको २१ महिना कि छोरी युनिसा उराँवलाई कर्तब्य गरि ज्यान मार्ने कसुरमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रंगेली नगरपालिका २ का ४६ बर्षीय सैनी उराँव र ३५ बर्षीया संगिता उराँव रहेका छन् ।
गत मंसिर २६ गते युनिसा उराँव घरबाटै हराई बेपत्ता भएकी थिइन् । खोज तलासको क्रममा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले युनिसाको लाश घर नजिकै पैनीमा गाडेको अवस्थामा मंसिर २८ गते फेला परेको थियो ।
पक्राउ परेका दुवै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।