विराटनगरः प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सुनसरीको इनरुवा अस्पताललाई एक महिना भित्रमा व्यवस्थित गरिसक्ने बताएका छन् । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट लामो समय देखि रिक्त रहेको र आवश्यक चिकित्सकको पनि अभाव भएकाले एक महिना भित्रमा व्यवस्थित गरिसक्ने उनले बताए ।
आज इनरुवा अस्पतालमा मन्त्री यादव सहित पुगेको सामाजिक विकास मन्त्रालयको टोलीले अस्पतालको अनुगमन तथा स्थानीय सरोकारवालासँग अन्तक्रिया पनि गरेको छ । इनरुवा अस्पताल सुदृढीकरण संवन्धि गरिएको अन्र्तक्रियामा अस्पताल प्रमुख प्रदेशले नियुक्त गरि जिम्मेवारी दिनुपर्ने, विशेषज्ञ डाक्टर तीनै तहको सरकारको समन्वयमा पुर्ती गरिनुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षाका लागि राजनैतिक प्रतिबद्धता हुनुपर्ने, स्वास्थ्य वीमा कार्यक्रम प्रदेश सरकार मार्फत सञ्चालन हुनुपर्ने लगायतका विषय मन्त्री यादव समक्ष प्रस्तुत गरिएको थियो ।

MOSD Photo (3)
उनले अस्पतालको अनुगमनका क्रममा सम्पूर्ण विषय बस्तुको जानकारी आफुले लिएकाले चाडै व्यवस्थापनमा लाग्ने बताए । उनले इनरुवा अस्पतालको समस्याबारे आफुले जानकारी पाएलगत्तै स्थलगत निरीक्षणका लागि आएको बताए । उनले अस्पतालका कर्मचारी तथा स्थानीय सरोकारवालालाई अस्पताल भित्र राजनीति गर्नु नहुने बताए । उनले,‘ अस्पताल सार्वजनिक सम्पति हो, यहाँ राजनीति हुनुहुँदैन ।’
अस्पताल अनुगमनमा सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई, स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई लगायतको टोेली रहेको मन्त्री यादवका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिए ।