इटहरीः सुनसरीको गढी गाँउपालिका ५ मा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । १ जना घाईते भएका छन् । मृत्यु हुनेमा गढी गाँउपालिक ६ का २५ बर्षीय निराजन राय रहेका छन् ।
शनिवार राती ८ बजे को ३ त ३९ नम्बरको ट्याक्टरको पछाडीको डालामा ठोक्किन गई ना ८ प ४३९० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक रायको घटना स्थलमै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सोही मोटरसाईकल पछाडी सवार सोही वडा निवासी २७ बर्षीय अक्षय राय समेत घाईते भएका छन् । घाइते रायको विराट नरसिंह होममा उपचार भईरहेको छ । मोटरसाईकल र ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।