विराटनगरः प्रदेश नम्बर १ का बिभिन्न स्थानका सडकमा सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले ट्राफिक सप्ताह शुरु गरेको छ । आइतबार मोरङको बिराटनगर बसपार्कबाट ट्राफिक सप्ताहको प्रदेश स्तरिय कार्यक्रमको समुदघटान गरिएको छ । १ नं प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय र १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा प्रदेश स्तरिय ट्राफिकसप्ताह शुरु भएको हो ।

उक्त कार्यक्रम १ नं प्रदेशका १४ वटै जिल्लाहरुमा एकै साथ शुभारम्भ गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि १ नं प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सप्ताहको शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा सामाजिक विकाश मन्त्री जयराम यादव बिशिष्ट अतिथिका रुपमा सहभागी थिए ।

सप्ताह शुभारम्भ कार्यक्रममा प्रदेश १ मन्त्रालयका सचिवहरु, १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसी, प्रहरी बरिष्ट उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, यातायात व्यवसायी, बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, १ नं प्रदेश स्काउटका प्रतिनिधिहरु, बिभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

269324178_277212394439266_1663587205237933747_n
 ट्राफिक सप्ताह कार्यक्रम बिराटनगर ९ स्थित ट्राफिक चौक बाट र्‍याली सुरु भई बजार परिक्रमा पश्चात कार्यक्रम स्थल बस पार्कको टर्मिनल भवनमा पुगी प्रमुख अतिथिबाट दिप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन भएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले स्वागत मन्तब्य तथा ट्राफिक सप्ताह कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

269526719_277212181105954_6705354217782129945_n
 सप्ताह व्यापी कार्यक्रममा पैदल यात्रीहरुलाई सडक पेटी तथा जेब्राक्रसबाट हिड्न सिकाउने, सडक प्रयोगकर्ताहरुलाई सडकमै प्रशिक्षण दिने, जेब्राक्रसमा सवारी साधनहरुलाई गति कम गर्न लगाउने, पार्किङ तथा नो पार्किङ व्यवस्थापन गर्ने, सडक पेटी व्यवस्थित गर्ने, सवारी साधनहरुमा जनचेतनामुलक स्टिकर टाँस गर्ने, सवारी साधनमा आरक्ष सिटको अनुगमन गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने, टयाक्टर तथा साईकलमा रिफ्लेक्टर स्टिकर टाँस गर्ने, बिधार्थीहरुलाई ट्राफिक प्रशिक्षण दिने, अनावश्यक हर्न प्रयोगमा नियन्त्रण गर्ने, नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनहरुको नम्बर लेख्न लगाउने, लेन अनुशासनको पालना गराउने आदि कार्यक्रम हुने छन् ।