इटहरीः इटहरी निवासी राजीव ढुंगाना नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । उनि निर्वाचित भएसंगै इटहरी उपमहानगरले सत्तारुढ पार्टीका तर्फबाट एक शसक्त युवा केन्द्रिय नेता पाएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको मतदानमा उनले १ हजार ८ सय ९६ मत प्राप्त गरि केन्द्रिय सदस्य पदमा निर्वाचित भएका हुन् ।
३५ जना केन्द्रिय सदस्य निर्वाचित हुने नेपाली कांग्रेसको प्रावधान अनुसार उनि २४ औं नम्बरमा केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । नेपाल विद्यार्थी संघ(नेविसंघ) का केन्द्रिय सभापतिको भूमिकामा रहेका उनको विजयसंगै सो पदपनि स्वत रिक्त रहेको छ ।
कांग्रेस विधान २०१७ (संशोधनसहित) को दफा ४२ को उपदफा १ (घ)मा भ्रातृ संगठनको पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए भ्रातृ संगठनको पद रिक्त हुने व्यवस्था छ।‘पार्टीको कुनै पनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संघको पदाधिकारी वा सदस्य हुने छैन,’ विधानमा भनिएको छ, ‘भ्रातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भएमा निजको भ्रातृ संघको पद स्वतः रिक्त हुनेछ।’

269645073_1737822729747714_1527519295884010110_n