सुनसरीः नेकपा एकीकृत समाजवादी निकट जनवर्गीय संगठन नेपाल दलित मुक्ति संगठन सुनसरीले धरानमा ३४ ओै स्थापना दिवश मनाएको छ ।
धरानमा आयोजित स्थापना दिवस कार्यक्रममा सहभागी वत्ताहरूले राज्यले दलित समुदायलाई आधारभूत अधिकार संविधान कानुन अनुसार ग्यारेन्टी गर्न नसक्दा विभेद कायम रहेको भन्दै समाजवाद स्थापना बिना दलित मुत्तीको सवाल पूरा नहुने बताए ।
नेपाल दलित मुत्ती संगठन सुनसरीले जिल्लाका सवै पालिकामा संगठन विस्तार गरि अधिकार प्राप्तिको आन्दोलनमा दलित समुदायलाई संगठित गर्ने कार्यक्रममा जानकारी गराईएको थियो । नेकपा एस सुनसरीका नेताहरूले नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको बर्षौ हुदासमेत उत्पीडित दलित समुदायका मानिसहरु दलित भएकै कारण विभेद र छुवाछूतको सिकार हुने क्रम नरोकिएकाले संगठनलाई मजवुत बनाउने बताए ।
कार्यक्रममा बोल्ने वत्ताहरूले समाजमा विद्यालयमा भर्नामा विभेद छ, सार्वजनिक स्थानमा अझैसम्म विभेद रहेको भन्दै दलित भन्ने थाहा पाएपछि घरभाडामा नदिने जस्ता अमानवीय कार्य यथावत रहेको बताए । नेपाल दलित मुत्ती संगठन सुनसरी अध्यक्ष अम्रिता सेन्चुरी रमदानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एसका सुनसरी अध्यक्ष गोविन्द निरौला, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य आन्नद श्रेष्ठ, नेपाल दलित मुत्ती संगठन सुनसरी इन्चार्ज पिवि दियाली, तारा लाम्गादे, तारा पोखरेल, यसोदा परियार र कल्पना बिकलगायतले मन्तव्य राखेका थिए ।