इटहरीः नेकपा एकिकृत समाजवादीले पुर्वक्षेत्रको हवका रुपमा रहेको इटहरी उपमहानगरपालिका क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एस अभियान संचालनमा ल्याईएको छ ।

नेकपा एस इटहरीका इन्चार्ज केवल फुयालका अनुसार आधारभुत वर्गमा कम्युनिष्ट पार्टीको संगठन निमार्णसगै इटहरी उपमहानगर क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एसको अभियान संचालनमा ल्याइएको हो ।

इन्चार्ज फुयालले भने गाउटोलमा बसोबास गर्ने सवै तह र तप्का समुदायको नेकपा एसमा आवद्ध हुने ठुलो सख्याँ रहेकाले अभियान अन्र्तगत एक घर एक सदस्य बनाएर सवैलाई पार्टीको विभिन्न तहमा जिम्मेवारी दिन थालिएको हो ।

फुयालका अनुसार इटहरीमा पार्टीको चुनाव चिन्ह् सवै जनतासम्म पु¥याउन हात हातमा कलम टोल टोलमा नेकपा एस अभियान संचालन गरिएपछि दैनिक सयौको सख्याँमा टोल वस्तीका स्थानियहरु पार्टीमा समावेश भई संगठित हुन थालेका छन।

269603207_1880899295435670_5259144250382077356_n

नेकपा एस इटहरीका अध्यक्ष गणेश बुढाथोकीका अनुसार इटहरी क्षेत्रमा विद्यार्थी, युवा, महिला, मजदुर, खेलाडी, किसान, बुद्धीजीबी, व्यापारी, दलित, मधेशी, मुस्लीम लगायत सवै वर्गको प्रतिनिधित्व हुने गरि संगठन निमार्ण अभियान संचालनमा ल्याएपछि नेकपा एसमा आवद्ध हुनेको सख्याँ बढदै गएको छ ।

अध्यक्ष बुढाथोकीका अनुसार विभिन्न राजनितिक दल परित्याग गर्ने र एमालेबाट बिद्रोह गरि नेकपा एसमा आउने दैनिक सयौजना भएकाले सवैलाई विभिन्न जनवर्गिय संगठन र पार्टीको टोलदेखि माथिल्लो कमिटीसम्म व्यवश्थापन गरि जिम्मेवारी दिने गरिएको छ ।

यसैगरि इटहरी उपमहानगर १४ नं वडामा सुघनी चौधरीको अध्यक्षतामा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा रुपा मेहता, सितल पासवान सचिव संजय पासवान, उपसचिव सन्तोषी पासवान र सावित्रा दाहाल आर्थिक विभाग प्रमुख लक्ष्मी नेवार रहेका छन । यसैगरि कमिटीको सदस्यहरुमा ज्योती चौधरी, बविता पासवान, माया तामाङ, जिरीमाया तामाङ, राजु पासवान, रेखा पासवान, देवकुमारी चौधरी, राधादेवी पासवान, अजय पासवान, चरणवत्ती चौधरी, चन्द्रकला पासवान, कन्की चौधरी र सक्कल पासवान रहेका छन ।