बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ पिडारीमा रहेको मदन-आश्रीत पुस्तकालय वर्षौं बितिसक्दा पनि संचालनमा आउन सकेको छैन् । विभिन्न संचार माध्यमहरुमा २ वर्षदिन अगाडिनै मदन आश्रित पुस्तकालय संचालनमा भन्ने सुचना आए पनि उक्त पुस्तकालय अझै संचालनमा नआउदा स्थानीय समेत चकित बनेका छन् ।
दासढुंगा हत्याकाण्डपश्चात् मदन भण्डारी र जीवराज आश्रीतको सम्झनामा स्थापित पुस्तकालय अझै संचालनमा नआउनु दुस्खद भएको स्थानीय कांग्रेस नेता मेघराज पराजुली बताउँछन् । उनले भने, मदन-आश्रीतको पवित्र नामकै धज्जी उडाइयो तर पुस्तकालयबाट स्थानीयले लाभ लिन सकेनन् ।
विसं२०५६ सालमा भवन पुस्तकालय निर्माणका दौरानमा तत्कालीन एमाले नेता मनमोहन अधिकारीले शिलान्यास गरेको पुस्तकालय संचालन समितिका अध्यक्ष धनबहादुर राईले जानकारी दिए । त्यसपश्चात लामो समय भवन मात्र निर्माण मात्र भयो तर पुस्तकालय संचालन भएन । ०७४ को स्थानीय चुनावपछि पुस्तकालय संचालन गर्ने विषय पुनः सुरु भयो ।
२६ औं मदन-आश्रीत स्मृति दिवसको अवसरमा एक औपचारिक कार्यक्रमद्वारा पुस्तकालय संचालनमा ल्याइएको भनियो । बीस वर्षअघि मनमोहनले शिलान्यास गरेको भवनलाई बराहक्षेत्र नगरप्रमुख निलम खनालले बीस वर्षपछि औपचारिक संचालनको उदघाटन गरे । तर खनालको उदघाटन अझै उदघाटनमै सीमित बनेको छ ।
सोही कार्यक्रममा प्रमुख अतिथी खनालले कान्तिपुर पत्रीका नियमित र एकथान दराज व्यक्तिगत तर्फबाट उपलब्ध गराउने समेत प्रतिबद्धता जनाएका थिए । त्यस्तै, ४ नम्बर वडाअध्यक्ष आशाराम चौधरीले गोरखापत्र नियमित दिने घोषणा गरेका थिए । त्यस्तै, विभिन्न समाजसेवी एबम बुद्धिजीवी ब्यतित्वहरुले पत्रिका, कुर्सी, पुस्तक लगायतका सामाग्री दिने घोषणा समेत गरेका थिए ।
बराहक्षेत्र नगरपालिका ४ नम्बर वडाले आर्थिक वर्ष २०७६/७७ मा ५० हजार रुपैयाँ मदन आश्रीत पुस्तकालय मर्मत शिर्षकमा बिनियोजन गरेको थियो ।
संचालक समितिका अध्यक्ष राईका अनुसार बराहक्षेत्र नगरपालिकाले आ।व। २०७६/०७७ मा पुस्तकालयको नाममा छुट्याइएको ६० हजार बजेटले काम गरिसकिएको छ । पुस्तकालय संचालनमा खास समस्या केही नभएको भएपनी दाताहरुले दिने भनेको पुस्तकहरु अझै उपलब्ध नभएको अध्यक्ष राईले गुनासो गरे । केही थान कुर्सी र फर्निचरका आइटम भने रहेको उनको भनाइ छ ।
धनकुमार राइको अध्यक्षतामा ९ संदस्यीय संचालक समितिमा गठन भएको समितिमा सचीव रामनाथ गुरागाई छन् ।