इटहरीः नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशको अध्यक्ष लगायत पदाधिकारीहरु चयन गर्न रस्साकस्सी चलिरहेको छ । रस्साकस्सी हुनुअघि नै आफु १ नम्बर प्रदेशको अध्यक्ष हुन योग्य रहेको दावीका साथ इटहरी निवासी युवा नेता शिवकुमार डाँगीले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी प्रस्तुत गरेका छन् । इटहरी घरभई सुनसरी जिल्लामा पार्टीको जिम्मेवारीतहमा कार्य गर्दै आएका उनि देशभरी नै चिनिएका युवा नेतामा पर्दछन् ।
नेपालको माओवादी आन्दोलनमा सक्रिय भुमिकामा देखिएका डाँगीले पार्टीको प्रदेश कमिटिको नेतृत्व गर्न आफु सक्षम रहेको भन्दै आफ्नो दावी प्रस्तुत गरेका हुन् ।
केही साताअघि मोरङ्ग जिल्लाको विराटचोकमा पार्टीले खुल्ला सत्रको प्रदेश स्तरीय अधिवेसन सम्पन्न भएपनि पदाधिकारीको टुङ्गो भने लगाइसकेको छैन । पदाधिकारीको टुङ्गो लगाउन पार्टीले एक कार्यदल गठन गरेको छ । कार्यदलले आफ्नो कार्य अगाडी बढाएसंगै युवा नेता डाँगी अध्यक्ष पदका लागि आफ्नो दावेदारी प्रस्तुत गरिहालेका हुन् । उनको दावीदारीपछि मात्र अन्यले पनि सो पदमा दावेदारी प्रस्तुत गरेका थिए ।
पार्टीको प्रदेश स्तरीय नेतृत्वका लागि त्याग, पार्टीमा निरन्तर संघर्षका साथै बैचारिक हिसावले नीती तथा योजना कार्यान्वयन गर्ने क्षमता पनि हुनुपर्ने डाँगीको भनाई छ । प्रदेश कमिटिको नेतृत्वमा तपाईको दावी किन भन्ने प्रश्नमा डाँगी भन्छन् –“ नेतृत्व गर्छु भन्ने व्यक्तिले पार्टीको नीति तथा योजनाहरुलाई पार्टी भित्र र बाहिर पनि राख्न सक्नुपर्यो र संगठन निर्माण गर्न सक्नुपर्यो ।
व्यवहारिक हुनुका साथै कार्यकर्ता तहमा समेत विश्वासिलो बन्न सक्नुपर्यो यसका साथसाथै प्रावाधिक पनि हुनुपर्यो । जुन अहिलेको प्रविधि अनुरुप छिटो भन्दा छिटो जनता कार्यकर्ता सम्म पुग्न सकोस् । पार्टीमा लामो लडाई लडेको भएकाले यी कुरा म सँग छ, त्यसैले मेरो पार्टी प्रदेश कमिटिको अध्यक्षमा दावी छ ।”
पार्टीको नेतृत्वमा काम गर्न हुनु पर्ने विशेषता मध्ये केही केही विशेषता त अन्य प्रतिस्पर्धामा उत्रिएका साथिहरुसँग पनि होला तर सबै विशेषता प्रतिस्पर्धीमा नभएको डाँगीले बताए ।
डाँगीसँगै प्रदेश एकको अध्यक्ष पदको लागि शसक्त प्रतिस्पर्धामा मुक्सहाङ्ग लिम्बु र तेह्रथुमका हर्कबहादुर मेनेङ्गवो देखिएका छन् भने केहि अन्य पनि दावी गर्नका लागि भएपनि प्रतिस्पर्धामा देखिएका छन् ।
हाल माओवादी केन्द्रको सुनसरी जिल्ला सहइन्चार्ज तथा प्रदेश कमिटिका सदस्य रहेका डाँगी माओवादिको पत्रकारीता हेर्ने विभाग फ्याक्सनको प्रदेश इन्चार्ज समेत हुन् ।
विद्यार्थी आन्दोलनबाट पार्र्टीको अग्रपँत्तिसम्म आएका डाँगी संखुवासभाको चैनपुरमा अनेरास्ववियुमा क्रियासिल भएर लागेका थिए । पछि अनेरास्वियुको आरआर क्याम्पसमा अहिलेका प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले नेतृत्व गर्दा सँगै राजनिति गरेका डाँगी २०५८ सालमा एमाले समर्थित अखिलबाट विद्रोह गरेर अखिल क्रान्तिकारी विदार्थी संगठनको स्थापना गरेका थिए ।
अखिलको काठमाण्डौ जिल्ला कमिटिको अध्यक्ष , केन्द्रिय सचिवालय सदस्य समेत रहेका डाँगी २०६० सालमा माओवादीको मेचि कोशि संयोजक भए । विद्यार्थीको राजनिति पछि जनविद्रोह पत्रिकाको सम्पादक, समेत भएका उनले भुमिगत कालमा माओवादीको सह कमिसार हँुदै बटालियनको कमिसार समेत भएर पुर्वमा भएका प्राय सवै लडाईको मोर्चामा सहभागी भएका थिए ।
सँविधान सभाको चुनाव पछि २०६६ सालमा पार्टीको सुनसरी जिल्ला सचिव र २०६७ मा सह इन्चार्ज भएका डाँगी सबै क्षेत्रमा काम गरेर सफलता पनि प्राप्त गरेका अध्यक्षका दावेदार हुन् । पछि पार्टी नेकपा एमालेसँग एकिकरण भयो र केहि महिना अघि एकिकरण भङ्ग पनि भयो पछिल्लो समयमा पनि पार्टीलाई निरन्तरता दिने र वडा समिती साथै नगर कमिटिलाई व्युझाउने बाहेक खासै केहि गर्न नसकेको बताउँने डाँगीले पार्टी मात्र नभएर पार्टीलाई जनतामा पुर्याउने माध्यम पत्रकारिता गरेरै पनि निरन्तरता र विकासमा पनि योगदान गरेको सुनाउँछन् ।
धरानमा रहेको गणतन्त्र एफएमलाई सहकारी मार्फत लाने काम देखि सुरुदेखि यो स्थानमा पुर्याउन योगदान गरेको बताउँने डाँगी पुर्वमा टेलिभिजन पनि चल्छ र चलाउनु पर्छ भनेर मकालु टिभिलाई सुरुवात गर्ने काम पनि गरेका रहेछन् ।
पुर्वका सहिदहरुको विवरणसहितको किताव आफैँले सँकलन गरेर निकालेको उनको भनाई छ । कम्युनिष्ट नेता भक्तराज कन्दवाको कृति आफैँले निकालेका छन् । आफुले १४ वटा भन्दा बढि कितावहरु लेखेको उनले बताए ।
सहिदहरुको सम्झनामा खोलिएको सहिद स्मृति आवासिय विद्यालयको ८ बर्षसम्म अध्यक्ष भएका डाँगी एमाले, माले, माओवादी, मोर्चामा समेत काम गरेका नेता हुन् । अध्यक्ष पदमा दावी गर्ने अन्य साथीहरु जुझारु रहेको बताउँने डाँगी साथीहरुमा इच्छाशक्ति भएता पनि अनुभवको आधारमा आफु अग्रणी भएकाले नेतृत्वका लागि दावी गरेको बताउँछन् ।
नेतृत्व चयनमा निर्वाचन हुने सम्भावना कम रहेको बताउँदै डाँगीले पदाधिकारी छनौट प्रस्ताव कमिटि बनेको र कमिटिले सबै कुरा हेरेरै प्रस्ताव गर्छ भन्नेमा आफु विश्वस्त रहेको बताए ।
“कार्यकर्ताको भावना पनि बुझने , तल र माथिको कम्वाइनेसन मिलेर बनाउने हो उहाँहरुले २५९ जनाकै प्रतिनित्व गर्दैै गर्नुभयो भने सर्वसम्मत हुन्छ । नत्र लोकतान्त्रिक पद्धती अनुसार चुनाव पनि हुन सक्छ । ” डाँगीले भने ।