इटहरीः बुलिस चलनमा सेयर बजार जाँदा कमाएर शेयर बजारमा आकर्षित भएका लगानीकर्ता शेयर बजारले वियरिस चलन लिँदै गर्दा कमोडिटिज तर्फ आकर्षित हुन थालेका छन् ।
शेयर बजारमा भन्दा ठुलो क्षेत्र भएता पनि लाखौं लगानीकर्ताको जानकारी भन्दा टाढा रहेकाले कमोडिजिटमा लगानी गर्ने लगानीकर्ता हाम्रो बजारमा थोरैमात्र छन् तर पछिल्लो समय शेयर बजारमा गुमाउने क्रममात्रै बढेकाले विकल्पको रुपमा कमोडिटिज मार्केटमा छिर्नेको पनि कमि भने छैन् ।
झण्डै डेढ बर्ष देखि शेयर बजारमा छिरेका रामधुनी नगरपालिका वडा नम्बर ५ का रोयल दाहाल कमोडिजिट मार्केटबाट पनि शेयर बजार भन्दा राम्रो कमाई गर्न सकिने भएकाले आफु अहिले कमोडिटिज मार्केटमा लागेको बताउँछन् । नेपाल सरकारको धितोपत्र बोर्डबाटै निरिक्षण हुने भएकाले पनि कमोडिटिज मार्केट अनियन्त्रित भने छैन् । शेयर बजारमा चाहिने भन्दा थोरै लगानी लिएर पनि प्रवेश गर्न सकिने कमोडिटिज मार्केटमा सानो लगानीबाटै पनि कमाई गर्न सकिने रोयलको अनुभव रहेछ ।
यति भनिरहँदा कमोडिटिज मार्केट के हो भन्ने जिज्ञाशा पनि हुन्छ । शेयर बजार जस्तै खरिद बिक्रि गर्ने एउटा बजार हो कमोडिटिज मार्केट पनि । शेयर बजारमा शेयर खरिद बिक्रि हुन्छन् भने कमोडिटिज मार्केटमा कमोडिटिज सामानहरु जस्तै
सुन , चाँदी, कपर, नेचुरल ग्यास, क्युड वयल, चिनि, गहु, कफि, सोयाविन, माइक्रोगोल्ड आदिको खरिद बिक्रि हुन्छ । शेयर बजारमा टिएमएस खाता खोलेजस्तै कमोडिटिज मार्केटमा पनि ब्रोकरसँग एउटा खाता खोल्नुपर्ने हुन्छ । ब्रोकरसँग कारोबार खाता खोलिसकेपछि ब्रोकरले दिएको जानकारीको आधारमा आफ्नै मोवाईलमा एउटा एप्लिकेसन डाउनलोड गर्न सकिन्छ र आफ्नो क्षमता र पर्याप्त फण्डको आधारमा चलन गर्न सकिन्छ ।
कमोडिटिज मार्केटमा छिर्नको लागि हिमालयन क्लियरिन कर्पोरेसनको आधिकारीक ब्रोकरबाट खाता खोल्नुपर्छ । ब्रोकरसँग सम्पर्क गरेर सहजै कारोबार खाता खोल्न सकिन्छ ।
खाता खोलिसकेपछि खरिद बिक्रि गर्न ब्रोकरले तपाईलाई मेक्स नेपालको सफ्टवेयर डाउनलोड गर्न लगाउँछन् त्यो सफ्टवेयर डाउनलोड गरेर त्यसको सदुपयोग गरेर घरबाटै खरिद बिक्रि गर्न सकिन्छ ,जसरी हामी टिएमएसको प्रयोगबाट शेयर खरिदबिक्रि गर्न सक्छौँ ।
सेयर बजार र कमोडिटिज बजारमा के भिन्नता छ त ?
शेयर बजारमा बढ्दा मात्रै कमाउन सकिन्छ भने यसबाट बढ्दा र घट्दा दुवैबाट कमाउन सकिन्छ । शेयर खरिद गर्दा आफुले किनेको शेयर आफ्नो खातामा आउँन ३ दिन लाग्छ भने कमोडिजिटमा त्यस्तो हुदैन । यसको खरिद बिक्रि छिटो हुन्छ र पैसा पनि छिटै प्राप्त गर्न सकिन्छ । बिक्रि गरेको दुई तिन घण्टा भित्रै ब्रोकरले पैसा हालिदिन्छन् । नेप्सेमा कारोबार गर्न २ देखि ३ दिन पर्खिनुपर्छै भने यहाँ तुरुन्त किन्ने , तुरुन्त बेच्ने गर्न सकिन्छ । जसलाई इन्ट्राडे कारोबार गर्न सकिन्छ भनिन्छ ।

शेयरको कारोबार गर्न ठुलो पैसा चाहिन्छ तर कमोडिटिजमा भने सानो लगानीबाट पनि कारोबार गर्न र कमाउन सकिन्छ । जस्तै कमोडिटिज मार्केटमा गएर तपाई सुन किन्ने योजना बनाउनु भयो भने एक केजी सुनलाई आवश्यक पर्ने सबै लगानी तपाईले मात्रै हाल्नुपर्छ भन्ने छैन ब्रोकरले तपाईलाई अपुग पैसा लगाइदिन्छन् । पछि बिक्रि गर्दा आउने कमिसनमा पनि तपाईको लगानी जति छ त्यसको नाफा मात्रै तपाईको भागमा आउँछ ।
ब्रोकरको माध्यमबाट मार्जिन लिएर ठुलो कारोबारलाई पनि सानो पैसामा कारोबार गर्न सकिन्छ । यसबाट आउने नाफामा १० प्रतिशत आयकर तिर्नुपर्छ ।
नेपाल सरकारको धितोपत्र बोर्डबाट रेगुलेटेड भएकोले नेपालसरकारलाई पनि कमाईको १० प्रतिशत कर तिर्नुपर्छ ।
शेयर बजारमा घटेको बेला सबैले गुमाउने र बढेको बेला सबैले कमाउने हुन्छ कमोडिटिजमा भने घटेको बेला पनि र बढेको बेला पनि त्यसको भित्रि ज्ञान लिए कमाउन सकिन्छ ।
कमाउँदा छिटै कमाउने गुमाउनदा पनि छिटै गुमाउने क्षेत्र भएको रिक्स म्यानेजमेन्टमा ध्यान दिनुपर्छ । अध्ययन गरेर लगानीगर्नेले कमाउने मौका धेरै हुने रोयलको अनुभव छ ।
पर्याप्त ज्ञान हासिल गरेर लगानी गर्नका लागि आधिकारीक ब्रोकरहरुले बेलाबेलामा तालिम दिइरहेका हुन्छन् । उदाहरणका लागि बिजय कमोडिटिजले पनि बेला बेलामा यसका तालिमहरु दिने गरेको छ ।
कमोडिटिज मार्केटमा राम्रो अध्ययन गरेर लगानी गर्ने हो भने दिनमै पनि २० हजार देखि २५ हजार सम्म कमाउन सकिने रोयलले हामीलाई बताए ।

Banner-facebook_1639652778