इटहरीः पुर्वाञ्चल क्याम्पस धरानमा कम्प्युटर इन्जिनियरिङ्ग अध्ययन गरिरहेको विद्यार्थीहरुले एसेस टेकफेष्ट नामक प्राविधिक मेलाको आयोजना गर्ने भएका छन् ।
यहि पौस ५ गते ( सोमबार) देखि आयोजना हुने प्राविधिक मेला प्रदेश १ कै ठुलो र ऐतिहाँसिक हुने पुर्वाञ्चल क्याम्पस धरानका विद्यार्थीहरुको संस्था एसोसियसन अफ कम्प्युटर इन्जिनियरिङ्ग स्टुडेन्टले दावी गरेको छ ।
८ दिन सम्म सन्चालन हुने सो प्राविधिक मेलामा ३ हजार भन्दा बढी बिद्यार्थीहरुको सहभागिता रहने र विभिन्न प्रकारका प्रतियोगिता मुलक खेलहरु सञ्चालने हुने एसोसियसन अफ कम्प्युटर इन्जिनियरिङ्ग स्टुडेन्ट पुर्वाञ्चल क्याम्पस धरानका उपसभापति सुनिल कुमार ताजपुरियाले बताएका छन् । कार्यक्रममा धरान, इटहरी, विराटनगर र देशैभरीबाट आउने विद्यार्थीहरुलाई प्राविधि मैती खेलहरुमा सहभागि गराईन एसेसका अध्यक्ष कुशल अधिकारीको बताएका छन् ।

main event banner print
पुर्वाञ्चल क्याम्पस धरानका विद्यार्थीहरुले प्राविधिक मेला अर्थात टेकफेष्ट विगत चार बर्षदेखि निरन्तर सन्चालन गर्दै आएको र यसपालिको मेला चाथौ सँस्करण भएको बताइएको छ ।
उपत्यका बाहिर रहेर पनि प्राविधिक क्षेत्रमा रुचि राख्नेहरुका लागि मेला राम्रो गन्तव्य भएको दावी गर्ने सँख्थाले हाकाथन, लाइभ कोडिङ एण्ड डिवगिङ, प्राविधिक वर्कसप, हाजिरि जवाफ प्रतियोगिता, गेम फेष्ट, अवेरनेश अफ माइक्रोसप्ट इम्याजिन कप, आइडियाथन, म्युजिकल फेष्ट जस्ता प्रतियोगिता समेत गर्ने बताएको छ ।