धरानः धरान १२ स्थित नेसनल मल्टिपल कलेज र एम्स एकेडेमिका विद्यार्थी र शिक्षकहरुले आर्थिक सन्कलन गरेर धरान ६ पानमारीमा घर भएका कक्षा(१२ साइन्स बिषयमा अध्ययनरत विद्यार्थी ज्ञानेन्द्र खड्काको आगलागी पिडित परिवारलाई आर्थिक सहयोग गरेका छन।
बिहिबार बिद्यार्थीहरु र शिक्षक नै पिडितको घरमा पुगेर आर्थिक सहयोग गरेका हुन। एम्सका म्यानेजमेन्ट कोअर्डिनेटर एबम नेसनल मल्टिपल कलेजका प्रोग्राम कोअर्डिनेटर दुर्गा सुबेदीले पिडित घरमुली एबम ज्ञानेन्द्रका हजुरबुवा राम बहादुर खड्कालाई ३५ हजार ३ सय ४५ रुपैया हस्तान्तरण गरे ।
आगलागिले घर पुर्ण रुपमा क्षती भएको अबस्थामा थोरै भए पनि राहत मिलोस भनेर सहयोग गरिएको कोर्डिनेटर सुबेदीले जानकारी दिए। आगलागिले घर पुर्ण रुपले ध्वस्त भएर बिल्लीबाठ भएको अबस्थामा नाति ज्ञानेन्द्रका कलेजका साथिहरु र शिक्षकले आर्थिक सन्कलन गरि सहयोग गरेकाले तत्काललाई ठूलो राहत मिलेको राम बहादुरले बताए।गत मङ्सिर १६ गते बिद्युत सर्किटमा समस्या उत्पन्न भइ राम बहादुरको घरमा आगलागी भएको थियो। यश अघि धरान १६ निवासी समाजसेवी सोनु राई(सुवेदी) ले आगलागी पिडित परिवारलाई १२ हजार रुपैया बराबरको चामल, दाल, नुन, तेल, चिनी, साबुन लगायतका आबस्यक सामग्री प्रदान गरेकी थिइन।