इनरूवाः नेकपा एकीकृत समाजवादी सुनसरीले विभिन्न जनसंगठनका अध्यक्षलाई पार्टीको मोर्चा संगठनमा चयन गरेको छ। शुक्रबार इनरूवामा नेकपा सुनसरीका उपाध्यक्ष तथा मोर्चा संगठन प्रमुख रामचन्द्र मटियैतको अध्यक्षता बसेको बैठकले प्रमुख जनसंगठनका अध्यक्षहरूलाई मोर्चा संगठनमा चयन गरेको हो ।
 मोर्चा संगठनका प्रमुख मटियैतका अनुसार अनेरास्ववियुका अध्यक्ष अतितकिरण नेपाल, युवा संघका अध्यक्ष सोम राई, नेपाल दलित मुत्ती संगठनकी अध्यक्ष अमृता रमदान, समाजवादी प्रेस संगठन नेपालका सुनसरी अध्यक्ष प्रेम बास्तोला, नेपाल खेलकुद महासंघ समाजवादीका अध्यक्ष विकास विष्टसहित समबन्धीत जनसंगठनका ईन्चार्जहरूलाई चयन गरिएको हो ।

267193183_328596805749495_4274609853713165001_n
 बैठकले सुनसरीका विभिन्न भुगोल र १२ वटा पालिकामा रहेका महिला, युवा, विधार्थी, दलित, किसान,व्यापारी, बुद्धिजीवी, साहित्य कला सास्कृतिक क्षेत्रका व्यत्तीत्व, मजदुर, मधेशी, मुस्लिम, अपांगता, आदिवासीजनजाति, कानुन व्यवसायी, संचारकर्मीलगायत विभिन्न तह र तप्काका वर्ग, समुदायलाई समबन्धीत जनसंगठनमा आवद्व गराउने निर्णय गरेको छ । यसैगरी सुनसरीका सवै वडा, दुई उपमहानगरपालिका, चार नगरपालिका, छ गाउपालिकामा जनसंगठन गठन अभियान संचालन गरि सशत्त रूपमा संगठन परिचान गर्ने निर्णय गरिएको प्रमुख मटियैतले बताए ।

नेकपा एसको संगठन निमार्ण अभियानमा सवै जनसंगठनलाई परिचालन गरि सुनसरीको भुगोलमा नेकपा एसलाई एक नम्बर पार्टीको रूपमा स्थापित गराउन एक व्यत्ती एक संगठन भन्ने अभियान साथ सवैलाई पार्टीमा आवद्व गराउने नीति अगाडि ल्याएको जानकारी दिए । बैठकमा नेकपा एसका अध्यक्ष गोविन्द निरौलालगायतको सहभागीता रहेको थियो ।बैठकमा सहभागी नेकपा एसका विभिन्न जनसंगठनका इन्चार्जहरूले सुनसरीका सवै पालिका तहमा नेकपा एमाले छाडने लहर चलेकाले अहिले अवश्थामा जिल्लामा नेकपा अन्य राजनीतिक दलको तुलनामा सशत्त पार्टीको रूपमा स्थापित हुदै गएको विश्लेषणसहितको रिर्पोटिङ गरिएको थियो ।

266984059_593059258474433_7121387625178348316_n