विराटनगरः मोरङ र झापाको छुट्टाछुटै स्थानबाट लागु औषध सहित २ जनालाई पक्राउ गरिएको छ ।
बिहिबार दिँउसो २ बजे बिराटनगर महा-नगरपालिका- १३ सैनिक टोल स्थितबाट सीआरभी जतुवाको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दर हरैचा नगरपालिका ६ का ३० वर्षीय छविलाल सार्कीको साथबाट लुपिजेसिक २५ एम्पुल, डाईजेल्याब २५ एम्पुल, एभिल २५ एम्पुल, फेनारगन २५ एम्पुल, नाईट्राभेट ३० चक्की, स्पास्मोप्रोक्सिभन प्लस २४ चक्की सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी बिहिबार राती ७ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-७ अधिकारी टोल की ५० वर्षीया मुन्नी बेगमको घरमा लुकाई राखेको लागु औषध ब्राउन सुगर ६ ग्राम ५०० मिलीग्राम सहित बेगमलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको प्रहरीद्वारा थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।