इटहरीः शिबसताक्षी नगरपालिका ८ स्थित डुडाँमारी चोकमा मोटरसाईकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् । मृत्यु हुनेमा कन्काई नगरपालिका ८ सुरुङ्गा का २८ वर्षीय विनोद लिम्बु रहेका छन् । उनको उपचारका क्रममा बिहिबार दिउँसो सवा १ बजे मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनको विर्तामोड स्थित विएनसी अस्पतालमा उपचार भईरहेको थियो ।
बुधबार राती सँवा ११ बजे मे ७ प ९८०० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक लिम्बु र पछाडि सवार रहेका कन्काई ८ का २४ वर्षीय विमल सिवा समेत घाईते भई उपचारको लागि विएनसी अस्पताल बिर्तामोड भर्ना भएका थिए । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबा थप अनुसन्धान भईरहेको छ ।