विराटनगरः प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले नैतिक शिक्षा हराउँदै गएको बताएका छन् । उनले नैतिक आचरणका संस्कारहरु विद्यार्थीले विर्सदै गएकाले नैतिक शिक्षा आवस्यक रहेकोमा जोड दिएका छन् । सामुदायिक विद्यालयहरुहरु नैतिक शिक्षाको शुरुवात गर्ने बेला भएको उनको भनाई छ ।
मोरङ सुन्दरहरैचा–१० को सुकुना माविको स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । उनले आधुनिकीकरणका नाउँमा विद्यार्थीहरुले संस्कार विर्सदै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने,‘ विकास मात्र हैन, नैतिक शिक्षा पनि आवश्यक छ ।’ सुकुना मावि नमूना विद्यालय भएको भन्दै उनले प्रदेश सरकारले आवस्यक सहयोग गर्ने बताए । मन्त्री यादवले भने,‘ विगतमा पनि प्रदेश सरकारबाट भएको सहयोग शिक्षा विकासमा लगानी भएको छ, हामी सहयोगलाई निरन्तरता दिन्छौं ।’
सुकुना माविले विभिन्न आरोह–अवरोह पार गर्दै ५० औं वर्षमा प्रवेश गरेको भन्दै मन्त्री यादवले विद्यालयको थप सफलताको कामना गरे । सामुदायिक विद्यालयहरुमा सुधार आवस्यक रहेको उनले बताए ।