इटहरीः इटहरी उपमहानगरपालिकाको गाँउ क्षेत्रमा पर्ने वडा नम्वर १६ को घोइन्दा खोलापुलको शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले पूलको शिलान्यास गर्नुभयो । उनले पूलको अभावमा कष्टकर जीवन विताईरहेका सो क्षेत्रका वासिन्दाका लागि यो पूल निर्माण हुनु खुशीको कुरा रहेकोमा जोड दिए ।
वर्षौ देखि सुनसरी मोरग सिचाँई आयोजनाले पूल वनाउला भन्ने स्थानीयले अपेक्षा गरेपनि नवनाएपछि आवश्यकताको आधारमा उपमहानगरपालिकाले पूल निर्माण गर्न लागेको उनले बताए । वडा नम्वर १६ का वडासदस्य तेज नारायण चौधरीले समयमै र गुणस्तरीय काम हुनुपर्ने वताए ।
जल उपभोक्ता संस्थाका भगिरथ चौधरी र स्थानीय सत्यनारायण चौधरीले पूल टिकाई हुनुपर्ने वताए । सो पूल ९३ लाख ७९ हजार ७ सय ४२ रुपियाँको लागतमा निर्माण हुने उपमहानगरपालिकाका इन्जिनियर अरुण राजलवटले जानकारी दिए । शिलान्यास कार्यक्रम वडा नम्वर १६ का अध्यक्ष दिप नारायण चौधरीको अध्यक्षतामा भएको हो ।