इटहरीः सुनसरीको इटहरी उपमहानगपालिका ९ स्थित रिभरसाईड होटल एण्ड लजबाट यौन धन्दा गराउने कार्यमा संलग्न २ जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी ४ का ३६ बर्षिय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका ५ का २० बर्षिय मिनराज पराजुली रहेका छन् ।
मंसिर २८ गते रिभरसाईड होटल एण्ड लजमा यौन धन्दा गर्ने गराउने कार्य भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पिडितलाई उद्वार गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

268091346_275275534632952_1002286621275466271_n
यौन कार्य गर्ने गराउने लेप्चा र पराजुली दुवै जनालाई सम्मानित जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।