इटहरीः नेपाली काँग्रेसको चालु १४ औं महाधिवेशनमा पार्टीको उपसभापतिमा उम्मेद्धवारी दिएका नेता विजयकुमार गच्छदारले हार बेहोरेका छन् ।
सभापतिमा विजयी भएका शेरबहादुर प्यानलबाट उपसभापतिको दौडमा रहेका गच्छदारले शेखर कोइराला प्यानलका धनराज गुरुङ्गसँग हारेका हुन ।
प्रतिस्पर्धी धनराज गुरुङ्गले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत मात्रै प्राप्त गरेका छन् । सानो मतान्तरले हारेपछि गच्छादारले आफुले जित्नुपर्ने भन्दै निर्वाचन समिति गुहारेका थिए । गच्छादारले बुधबार राती भएको मत परिणामलाई अस्वीकार गर्दैै पुन मत गणनाको आवाज उठाएको बताइएको छ ।
अवसरको खोजीमा भौतारिरहने गच्छदार भागबण्डा मिल्नासाथ जुनसुकै सरकार भएपनि उपप्रधानमन्त्री खाने कुदिहाल्ने प्रवृतिका नेता हुन ।
काँग्रेसका नेता गच्छदार अवसर पाउँदा कुनै बेला मधेसी जनता पार्टी त कुनै बेला शेरबहादुर देउवाले फुटाएको नेपाली काँग्रेस प्रजातान्त्रिकमा पनि थिए । संविधान सभाको चुनावहुदा २३ हजार ७ सय ६९ भोट ल्याउँदै बिजयी बनेका गच्छदार नेपाली काँगेसमै पनि अवसरवादी नेताको रुपमा चिनिन्छन् । जलस्रोेत मन्त्रीबाट मन्त्रालयमा छिरेका गच्छादार २०६६ सालमा उपप्रद्यानमन्त्रीमा नियुत्त भएका थिए । माधव कुमार नेपाल प्रद्यानमन्त्री हुँदा उपप्रद्यानमन्त्री भएका गँछादारले झण्डै दुई बर्ष उपप्रद्यानमन्त्री भएर मन्त्रालयमा विताए ।
नेपाल प्रजातान्त्रिक फोरम नामको पार्टिमा सक्रिय रहेका गच्छदार बाबुराम भटराई प्रद्यानमन्त्री हुँदा फुन उपप्रद्यान तथा गृह मन्त्रीको रुपमा मन्त्रालयमा फर्किने मौका पाए । नेपाल प्रजातान्त्रिक फोरम मधेसी जनअधिकार फोरम र राष्टिय जनमुत्ति पार्टी मिलेर बनेको पार्टि हो । २०७४ सालमा गच्छादारले आफ्नो पार्टीलाई नेपाली काँग्रेससग विलय गराए र पुनः काँग्रेसको उपसभापतिमा मनोनित हुन पुगे । ११ बर्ष पछि नेपाली काँग्रेसमा फर्किएका गच्छादारलाई पार्टी पँती र बाहिर पनि साखै दुरदर्शि र दृढ नेताको रुपमा हेरिदैन तथापि सुनसरी गृह जिल्लामा उनको राम्रो प्रभाव भएका कारण प्राय चुनावमा उनको जित हात पर्दै गइरहेको छ ।
अवसरवादी नेताको रुपमा चिनिएका गच्छादारले केपि शर्मा ओलि प्रद्यानमन्त्री हुँदा पनि उपप््राद्यानमन्त्री हुने मौका पाए भने पछि पुष्पकमल दाहाल प्रचन्ड प्रद्यानमन्त्री हुदा पनि उपप्रद्यानमन्त्रीको कुर्सी उनकै पोल्टामा परेको थियो । त्यतिमात्रै नभएर शेरबहादुर देउवाको प्रद्यानमन्त्रीत्वकालमा पनि तीन वर्ष पहिला उपप्रद्यानमन्त्री बन्न गच्छदार टुप्लुक्क आइपुग्थे ।
मधेशी जनअधिकार फोरम नेपाल पार्टीको स्थापनाकालदेखि नै हस्तीको रुपमा रहेका गच्छादार सुनसरी क्षेत्र नम्बर ३ बाट दुवै संविधान सभाको चुवानमा सभासदको भुमिकामा रहेका थिए । काँग्रेसमा प्रवेश गरेपछि अघिल्लो संघिय चुनावमा नेकपा कि उम्मेदवार भगवती चौधरीलाई ३ सय मतले हराएका गच्छदार त्यो भन्दा पहिलाको चुनावमा मधेसी जनअधिकार फोरम प्रजातान्त्रिकबाट उम्मेद्धवार हुदाँ पनि नेकपा एमालेकी प्रतिस्पर्धी भगवती चौधरीलाई ४ सय मतले हराएका थिए ।
पहिलो संविधानसभा चुवानमा काँग्रेसका अगमलाल चौधरीलाई १३ हजार भन्दा ठुलो मतान्तरले हराएका गच्छादार बालुवाटार जग्गा प्रकरणमा दोषि देखिएपछि केहि समयदेखि भुमिगत समेत थिए । पछि शेर बहादुर देउवा प्रद्यानमन्त्री हुनासाथ अदालतमा हाजिर भएर धरौटीमा रिहा भएका उनलाई पार्टी पँत्तिमा पनि अवसर वादि नेताको रुपमा चिनिन्छ ।
गच्छादार सन् १९९१ देखि निरन्तर सुनसरी जिल्लाको प्रतिनिधित्व गर्दै राजनितिक गरिरहेका छन् तर सुनसरीको विकासमा गच्छादारको हात प्राय केहि देखिदैन ।