इटहरीः कांग्रेस उपसभापति पदमा नेतृ सुजता कोइरालाको लज्जास्पद हार भएको छ । उनले ६ सय ४४ मत मात्र प्राप्त गरिन् । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वः गिरिजाप्रसाद कोइरालाकी छोरी समेत रहेकी सुजता कोइराला डा. शेखर कोइरालाको प्यानलबाट उपसभापति पदकी उम्मेद्वार बनेकी थिइन् । नेपाली कांग्रेसमा पारिवारिक राजनितिक विरासत थाम्दै आएको चर्चा गरिएपनि कोइरालालाई मतदाताले नराम्रो गरि पराजित गरिदिएका हुन् । कोइराला बुबाकै कारण पटक पटक मन्त्री समेत भएकी थिइन् । उनले सुनसरी र मोरंगबाट चुनाव लडेकी थिइन् ।
नेकाको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्न्।अन्तिम मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका निर्वाचन समितिले घोषणा गरेको छ ।
देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित भए । उनि पनि सुनसरी निर्वाचन क्षेत्रबाट पटक पटक चुनाव लड्दै आएका थिए । कांग्रेसबाट अलगभई मधेसवादी दलमा रहेका उनि पछिल्लो समय कांग्रेसमा फर्किएका थिए । बिभिन्न नामका मधेसवादी दलबाट निर्वाचित भई उनि उपप्रधानमन्त्री र गृहमन्त्री भईसकेका नेता हुन् ।
निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत पाए । त्यस्तै गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाएका छन् ।
१४ औं महाधिवेशनमा खड्का र गच्छदार देउवा प्यानलबाट, गुरुङ र भण्डारी शेखर कोइराला प्यानलबाट, सुजाता कोइराला प्रकाशमान सिंह प्यानलबाट र दिव्यश्वरी शाह विमलेन्द्र निधि प्यानलबाट उम्मेदवार बनेका थिए । आचार्यले कुनै प्यानलमा नरही उम्मेदवारी दिएका थिए ।