इटहरीः सुनसरीको धरान उप–महानगरपालिका–१३ अमरपथबाट लागूऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका–३ का २४ वर्षीय उमेश बोगटी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आज बिहान ९ः०० बजे अस्थायी प्रहरी पोस्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लुपिजेसिक–७ एम्पुल, फेनारगन–७ एम्पुल, एभिल–७ एम्पुल, डाईजेल्याब–७ एम्पुल र नाईट्रोजन–२० ट्याब्लेटसहित बोगटीलाई पक्राउ गरेको हो । पक्राउ परेका बोगटीलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।