इटहरीः मोरङको विराटनगर महानगरपालिका–१० बसपार्कबाट जागिर लगाइदिन्छु भनी ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्याल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अर्यालले उदयपुर त्रियुगा नगरपालिका–८ का उमेश कुमार दनुवार र प्रेमकुमार दनुवारबाट पटक–पटक गरी नगद एक लाख ७३ हजार रुपैयाँ ठगी गरेका थिए । पक्राउ परेका अर्यालउपर जिल्ला अदालत मोरङबाट ठगी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।