इटहरीः नेकपा एकीकृत समाजवादी सुनसरीले संगठन गठन पुर्नगठन र परिचालन अभियानलाई तिव्रता दिने क्रममा जिल्ला आर्थिक विभागलाई पुर्णता दिएको छ ।
नेकपा एसका केन्द्रीय सदस्य तथा सुनसरी सह-इन्चार्ज कमरेड केशवकुमार विष्टको प्रमुख आतिथ्यमा जिल्ला अध्यक्ष गोविन्द निरौलाको विशेष आतिथ्यमा बसेको बैठकले जिल्ला उप-सचिव कमरेड राजेश भण्डारी प्रमुख रहेको आर्थिक विभागलाई पुर्णता दिएको हो ।

विभागको सदस्यहरूमा शैलेश विष्ट, गोविन्द खतिवडा, तारा लामगादे, राजेश दाहाल, इन्दु तुम्वाहाम्पे, चन्द मगर, दिपक अधिकारी, सुमन भट्टराई, कैलाश अग्रवाल र सरस्वती केसी चयन भएका छन् । बैठकले नेकपा एस सुनसरीको कोष स्थापना गरि कोषमा पार्टी सदस्यबाट आर्थिक योगदान हुने विभिन्न योजनाहरू तयार गरि कार्याव्यनमा लैजाने निर्णय गरेको आर्थिक विभाग प्रमुख राजेश भण्डारीले बताए ।

यसैगरी विभागले प्रत्येक पार्टी सदस्यले आम्दानीको केही प्रतिशत स्वच्छिक रूपमा रकम पार्टी कोषमा जम्मा गर्न अनुरोध गर्ने योजना अगाडि ल्याउदै प्रत्येक सदस्यलाई श्रम र उत्पादनसग जोडिएर आयआर्जन तथा स्वरोजगार बन्न अभिप्रेरित गरि सिपमुलक, आयमुलक कामहरूमा संलग्न गराउने योजना संचालनमा ल्याउने निर्णय गरेको भण्डारीले बताए । नियमितरूपमा लेवि सदस्यता शुल्क बुझाउन जिल्लामा लेखाप्रणाली व्यवश्थित बनाउनेसमेत निर्णय गरेको छ ।