इटहरीः चलचित्र निर्देशक एबम अभिनेता माओत्से गुरुङ धेरै पछि म्युजिक भिडियोमा देखिएका छन् ।

रामहरी खड्काको शब्द रचना , निरोज लामाको संगीत, स्वर र एरेन्ज रहेको गीत ’दोधारे’को भिडियोमा माओत्से गुरुङ ,रामहरी खड्का ,अशिमा बस्नेतको अभिनय रहेको छ । शनिबार पोखरामा एक कार्यक्रम गरी ’दोधारे’ भिडियोलाइ सार्वजनिक गरिएको थियो , धेरै जसो रिलिजका कार्यक्रम काठमाडौंमा मात्रै सिमित रहने गरेकोमा यो भिडियोलाइ भने पोखरेलीको माया जित्न पोखरामा प्रिमयर गरिएको यसका निर्माण पक्षले जानकारी दिएको छ ।

भिडियोमा माओत्से ,रामहरी ,अशिमाको अलवा बिबेक गुरुङ , क्रिष्टी गुरुङ र सुर्य सुनुवारको पनि अभिनय रहेको छ । सुन्दर माछापुच्छ्रेको काखमा रहेको पुम्दी भुम्दीकोटमा छायांकन गरिएको भिडियोको खिचाइ प्रशंसा गर्न लायक छ जसमा प्रकाश गुरुङको सिनेमाटोग्राफी,सुरेन्द्र तिवारीको ड्रोन, कलर ग्रेडिंङ र ओम प्रकाश गुरुङको सम्पादन र निर्देशन रहेको छ । भिडियोलाई रोनिस एण्ड ड्याडको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।