इटहरीः इटहरी उपमहानगरपालिकाको पहलमा इटहरी १७ लविपुरमा इटहरी आँखा अस्पतालको भवन निर्माण हुने भएको छ । त्यसका लागि रंगेली मोरंगमा मेयर दिलिप बगडियाको परिवारले १० कठ्ठा जग्गा उपलब्ध गराएको छ ।
सो जग्गामा मंगलवार पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले एक कार्यक्रमका बिच नव निर्मित भवनको शिलन्यास गरे ।

शिलन्यास कार्यक्रममा बोल्दै नेपालले साँधुरो सोचाइका कारण विकास निर्माण कार्यमा समस्या आइरहेको बताए । उनले नेत्र ज्योति संघ आग्रहलाई स्वीकार गरि कार्यक्रममा सरिक भएको बताए । उनले आँखा अस्पतालका लागि १० कठ्ठा जग्गामात्र अपुग हुने बताए । विकासमा दुरदृष्टि नलगाएपछि दुःख पाइने बताए । त्यसैकारण थप जग्गा अकुपाइ गर्नका लागि इटहरी उपमहानगरलाई बिषेश आग्रह गरे ।

20211214_095250021

उनले यस्ता खालका अस्पताल बन्नु भनेको सो क्षेत्रको विकास हुनु हो भन्दै अस्पतालसम्म पुग्ने सडकहरु पनि व्यस्थित हुन जरुरी रहेको बताए । उनले आँखा अस्पताल संचालन भएपछि झापाको विर्ता बजार र सिरहाको लहान बजार विकास र स्वास्थ्य पर्यटनका हिसावले विकास भएको उदाहरण दिदै इटहरीको लविपुरपनि सोही हिसाबले विकास हुने बताए ।
सो कार्यक्रममा सोही वडाका वडाअध्यक्ष भगवानलाल साहको परिवारले भवन निर्माणका लागि ५ लाख रुपियाँ दिने घोषणा गरे ।

20211214_103934086

नेत्र ज्योति संघको बिषेश सहयोग सेवा फाउन्डेशनको सहकार्यमा सो स्थानमा मा इटहरी आँखा अस्पतालको भवन निर्माण हुन लागेको हो । इटहरीका मेयर द्धारिकलाल चौधरीले आफुहरु उपमहानगरमा जनप्रतिनिधि भएर आएलगत्तै आँखा अस्पतालको भवन निर्माणका लागि योजना अघि सारेपनि उपमहानगरकै कमजोरीका कारण भवन बन्न नसकेको बताए । उनले अबको २ बर्षभित्रमा भवन निर्माण भई अस्पतालको सबै सेवा लविपुरबाटै संचालन हुने बताए ।