इटहरीः नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक पूर्ण विरहीको स्वरमा रहेको ’मेरो प्यारो गाउँ’ गीतको भिडियो सार्वजानिक भएको छ ।

आफ्नो मातृभूमि प्रतिको माया र स्नेहलाई गीतमा समावेस गरिएको छ । पूर्ण बिरहीको शब्द संगीत र स्वरमा रहेको यो गीतलाई कृष्ण बाबूले निर्देशन र सम्पादन गरेका हुन् । गाउँघरको सम्झना, विगतका पलहरु समेटेर तयार गरिएको यो गीतमा नम्रता रोक्का र देव बोहराको अभिनय रहेको छ भने गीत योगेन्द्र चौधरीले छायांकन गरेका हुन् ।