इटहरीः युवा पुस्तामा निकै रुचाएकी गायिका एलिना चौहान र गायक जनक विवस न्यौपानेको स्वरमा’डब्ल्यु डब्ल्यु डट ’ सार्वजनिक भएको छ ।

गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ ।  गोविन्द बली र जनक विवश न्यौपानेको शब्द तथा पदम विसीको संगीत संयोजन गीतमा रहेको छ । दीपक गिरीको छायाँकन , पदम सुवेदीको सम्पादन तथा निसान एस केको निर्देशन भिडियोमा रहेको छ । ’डब्ल्यु डब्ल्यु डट ’ गीतको भिडियोमा निशान एस के र विना राउतको फिचरिङ गीतमा रहेको छ ।