इटहरीः कोरोना खोप लगाइदिएवापत घुस लिएको आरोपमा दुई जना हिजो पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजय कुमार साह र कृष्णा कुमार यादव छन् । साहले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएर कोरोना खोप लगाइदिएको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको थियो । साहको निर्देशनमा यादवले कोभिड–१९ विरूद्धको खोप लगाई दिई सेवाग्राहीबाट २० हजार रुपैयाँ लिएका थिए ।
घुस लिइसकेको अवस्थामा उनीहरू जनकपुर उपमहानगरपालिका–७ नयाँ–बसपार्क, धनुषाबाट पक्राउ परेका हुन् । घुस रकमसहित पक्राउ परेका अभियुक्तहरुविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।