भण्टाबारीः सुनसरीको कोसी गाउपालिका ४ स्थित कोसी कटानमा नेकपा एमालेबाट विद्रोह गरेका कार्यकर्ताहरु नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन ।

नेकपा एमालेबाट विद्रोह गरी नेकपा एसमा समाहित हुने क्रम बढेसँगै साविकको एमालेको कोसी गाउँपालिका ४ नं वडा कमिटीलाई नेकपा एसको वडा कमिटीमा रुपान्तरण गरिएको हो ।

ns2 2

नेकपा एस सुनसरीका उपाध्यक्ष रामचन्द्र मटियैतका अनुसार सुनसरीमा पार्टी गठन पुर्नगठनको अभियान सुरु गरेपछि एमालेबाट विद्रोह गर्दै नेकपा एसमा समाहित हुने क्रम तीव्र भएको हो ।

उपाध्यक्ष मटियैतले एमालेका नेताहरु राजनीतिक नैतिकता गुमाउँदै संगठनको नीति, सिद्धान्त र विधिबाट अलग भई नेतालाई देवत्वकरण गरी व्यक्ति पूजामा लागेपछि त्यहाँबाट दैनिक सयौँको संख्यामा विद्रोह गर्दै नेकपा एसमा समाहित हुने क्रम जारी रहेको बताए ।

मटियैतले सुनसरीमा विद्रोह गरेर आउने नेता कार्यकर्ताहरुलाई साविककै एमालेको जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा जिम्मेवारी दिएकाले पद तथा गोपनीयताको सपथ ग्रहण गराएको बताए ।

सोमबार कोसी गापा ४ मा भएको भेलाले मोहमद बसिरको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा राधिका कामैत र मुसुफ आलम, सचिवमा मोहमद मजेवुल र उप–सचिवमा मोहमद इजराइललाई चयन गरेको छ ।

ns3

भेलामा नेकपा एसका जिल्ला सदस्य राजकुमार कुसियैत, जाकिर आलम, वासिक अली, कोशी गाउकमिटीका अध्यक्ष शत्रुधन चौधरी, युवा संध सुनसरी उपाध्यक्ष समिम आलम, साहवुद्धिन नेकपा एसकी उपाध्यक्ष कैइकशा अन्जुम लगायतले बोलेका थिए ।

शत्रुधन चौधरीले सञ्चालन गरेको कार्यक्रममा केइकशा अन्जुमले स्वागत मन्तव्य राखेकी थिइन् ।